पीत पत्रकारले सिमा नाध्यो, भारतीय च्यानलमाथि प्रतिबन्ध लगाऔं : सांसद श्रेष्ठ


२५ असार २०७७, बिहीबार
krishnakumar shrestha tanahu leaders scaled

काठमाडौं, २५ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले भारतीय च्यानलहरुमाथि नेपालमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । भारतीय सञ्चार माध्यमहरुले पत्रकारिताको न्युनतम् मुल्यमान्यता समेत भुलेर तल्लोस्तरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा समाचार प्रशारण गरेको भन्दै श्रेष्ठले प्रतिबन्धको माग गरेका हुन् ।

सांसद श्रेष्ठले विहिबार विज्ञप्ति जारी गरेर भारतीय सञ्चार माध्यमहरुले पीत पत्रकारिता गरीरहेको आरोप लगाएका छन् । भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी विरुद्ध लञ्छनायुक्त समाचार सामग्रीहरु प्रशारण गरीरहेका छन् ।

भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरी संबिधान संशोधन मार्फत नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीमाथि आक्रणम सुरु भएको र पछिल्लो समयमा झनै आपत्तीजनक तरिकाले समाचार प्रकाशन गरिएको श्रेष्ठले उल्लेख गरेका छन् ।

भारतीय सञ्चार माध्यमले प्रसारण गरेको तथ्यहिन र मर्यादाहिन सामग्रीले दुई देशको कुटनीतिक सम्बन्ध र जनतास्तरको सम्बन्धमा समेत असर पुग्ने भन्दै यस्ता सामग्री प्रसारणमा रोक लगाउन माग गरेका छन् । सांसद श्रेष्ठले भारतीय सञ्चार माध्यमहरुको यस्ता सामग्री रोक लगाउनको निम्ती सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७