धर्ना, सडक प्रदर्शन र सामाजिक सञ्जालमा ‘वार’ रोक्न नेकपा दोस्रो पुस्ताका नेताहरुको अपिल


२५ असार २०७७, बिहीबार
ghanshyam bhusal sankar pokhrel barsaman pun and yogesh bhattrai

काठमाडौं, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई सडक प्रदर्शन र सामाजिक सञ्जालमा ‘वार’ रोक्न अपिल गरेका छन् । सडकमा भएको प्रदर्शन र सामाजिक सञ्जालमा भएको दोहोरो ‘वार’ले नेकपाको विवाद छताछुल्ल भएको दुबै रोक्न अपिल गरेका हुन् ।

बिहीबार साँझ कृषि मन्त्रालयको हलमा भएको छलफलमा नेकपाका दोस्रो तहका नेताहरुबीच छलफल भएको थियो । नेताहरुले सडकमा भइरहेका प्रर्दशन, धर्ना लगायतका सबै कार्यक्रमहरु रोक्न अपिल गरेका छन् । पार्टी फुट्न नदिन निर्णायक कदम चाल्ने पनि निर्णय गरेको एक स्थायी कमिटि सदस्यले बताए ।

नेताहरुबीच जारी विवादपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दैनिक प्रर्दशन भइरहेको छ । भने पार्टी कार्यालयमा धर्ना पनि जारी छ । यसअघि अर्का अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीलाई प्रर्दशन रोक्न भनेका थिए । तर प्रतिउत्तरमा अध्यक्ष ओलीले स्वातस्फूर्त भएको प्रर्दशन नरोकिने उत्तर दिएका थिए ।

छलफलमा कृषि मन्त्री घनश्याम भुसाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, ऊर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्तिबहादुर बस्नेत, पर्यटन मन्त्री योगेश भट्टराई, स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा, प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए।

छलफलको संयोजन र निचोडको बारेमा दुबै अध्यक्षहरुलाई रिपोर्टिङ्ग गर्ने कामको जिम्मेवारी घनश्याम भूसाललाई दिएको छ । नेता भूसालले दुबै अध्यक्षलाई भेटेर भेलाको निचोड सुनाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७