नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द


२५ असार २०७७, बिहीबार
indian news channel

काठमाडौं, २५ असार । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण विहिबार साँझदेखि बन्द गरेका हुन्।

बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी विरुद्ध लञ्छनायुक्त समाचार सामग्रीहरु प्रशारण गरीरहेका छन् ।

भारतीय सञ्चार माध्यमहरुले नेपालका प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष शर्मालेको भनाई छ ।

आफूहरुले भारतीय समाचार च्यानलको प्रशारण बन्द गरे पनि इन्टरनेटमार्फत अहिले नेपालविरुद्धका अतिरञ्जित सामाग्रीहरु सर्वसाधारणले हेर्न सक्ने भएकाले यस सम्वन्धमा राज्यले ठोस नीति बनाउनु पर्ने उनको भनाई छ । र इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति ल्याउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७