प्रभावकारी भएन अनलाइन शिक्षा


२६ असार २०७७, शुक्रबार
online study

काठमाडौं, २६ असार । कोरोना भाइरसको संकटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षा जस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन ।

सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि राजधानी बाहिर विद्यार्थीको उपस्थित राम्रो छैन ।

खासगरी सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी अझै सम्पर्कमा आउनै सकेका छैनन् भने सरकारी विद्यालयका शिक्षकले अध्यापनमा जाँगर देखाउन सकेका छैनन् । निजी विद्यालयका शिक्षकले चैत यता तलब नपाए पनि अध्यापन भने गरिरहेका छन् ।

ललितपुरस्थित प्रगति माध्यमिक विद्यालयमा दुई सातादेखि मात्रै कक्षा ९ देखि माथिल्लो कक्षामा अनलाइनबाट पढाउन थालिएको छ । त्यसमा २५ प्रतिशत जति विद्यार्थीको उपस्थिति हुने गरेको विद्यालयका प्रधानाध्यापक सूर्य घिमिरेले जानकारी दिए ।

धेरै विद्यार्थीसित इन्टरनेट सुविधा छैन, कतिपयसित मोबाइल, ल्यापटप छैन, कति विद्यार्थीको घरमा एक भन्दा बढी विद्यार्थी हुुँदा अनलाइन कक्षाको समय जुध्ने गरेका कारण अनलाइन कक्षामा विद्यार्थीको सहभागितामा वृद्धि हुन नसकेको जनाइएको छ ।

त्यसभन्दा मुनिको कक्षामा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको र ती विद्यार्थीले रेडियो तथा टेलिभिजनबाट सिकाइलाई निरन्तरता दिएको उनको भनाइ छ । बल्ल कक्षा ८ बाट तल्लो तहका विद्यार्थीलाई पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७