दुई महिनादेखि बेपत्ता बेलायतका पूर्व राजदूत मोरिसबारे प्रहरीले फेला पार्‍यो यस्ता तथ्य


२६ असार २०७७, शुक्रबार
morish

काठमाडौं, २६ असार । नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिस बेपत्ता भएको दुई महिनापछि प्रहरीले उनको अनुसन्धानसँग सम्वधित केही तस्बिरहरु सार्वजनिक गरेको छ ।

लामो समयपछि प्रहरीले बिहीबार उनको बारेमा केही जानकारी सार्वजनिक गरेको हो । हालै प्रहरीले प्राप्त गरेको फुटेजमा एक व्यक्ति लण्डन रोडको जङसन नजिकैको नेथह्याम लेनतर्फ अगाडि बढिरहेको देखिन्छ ।

उक्त फुटेज मोरिसकै हो कि हैन भन्ने कुरा प्रहरीले अनुसन्धान गरिरहेको छ । सो व्यक्ति रिचार्ड नै भए उनको अनुसन्धानमा थप मद्दत पुग्ने हुने प्रहरीले बताएको छ ।

RichardMorris footage
सिसी टिभि फुटेजको दृष्य

बेलायतको ह्यम्पसायर प्रहरीका अनुसार उनी फर्नहामको बेन्टलीमा ६ मेका दिन बिहान साढे दश बजे दौडिनका लागि निक्लेका थिए । तर उनी घर नफर्केपछि प्रहरीले उनको खोजीकार्य तीब्र गरेको थियो ।

प्रहरीका अनुसार उनले लामो बाहुला भएको नीलो टिसर्ट, कालो हाफ पाइन्ट र नीलो जुत्ता लगाएका थिए । रिचर्डको हुलिया ६ फिट अग्लो, श्वेत वर्ण, फुलेको कपाल र दाह्री पालेको उल्लेख गरिएको छ । उनको अनुहारमा जन्मचिन्ह भएको पनि सो हुलियामा जनाइएको छ ।

मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदूत थिए । नेपालको प्राकृतिक सौन्दर्यप्रति सधै अगाध माया र मोह प्रकट गर्ने पूर्व राजदूत मोरिसले नेपालमा ४ वर्षे कार्यकालमा बेलायती जनतालाई नेपाल भ्रमण गर्न सधै उत्तप्रेरित गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७