सिन्धुपाल्चोक बाढी अपडेट : बाह्रबिसेका २० जनाको अवस्था अझै अज्ञात


२६ असार २०७७, शुक्रबार
DevrajSubedi Malemchi RSS 25 ajambu2
af9L sf/0f b’O{sf] d[To’ / 7″nfdfqfdf Iflt dn]DrL, @% c;f/ M clj/n jiff{sf] sf/0f afx|la;] gu/kflnsfsf] hDa’sf 7f8f] vf]nfdf cfPsf] af9Ln] afx|la;] gu/kflnsfsf !% 3/ aufPsf / klx/f] hfFbf b’O{ hgfsf] lgwg ePsf] 5 eg] !# hgf ;Dks{ljxLg ePsf 5g\ . :yfgLojf;Ln] hDa’ lgjf;L @) jif{sf lgs]z a:g]t / pgsL # jifL{of 5f]/Lsf] zj :yfgLo afl;Gbfn] e]6]sf 5g\ . c?sf] ;’/Iff sdL{ / :yfgLo afl;Gbfn] vf]hLsfo{ ul//x]sf 5g\ . t:jL/ M b]j/fh ;’j]bL÷/f;;

सिन्धुपाल्चोक, २६ असार । सिन्धुपाल्चोकको बाह्रबिसेमा बुधबार रातिको बाढी–पहिरोमा परी बेपत्ता २० जना अझै फेला पर्न सकेका छैनन् ।

वेपत्ताको खोजी कार्य जारी रहे पनि २० जनाको अवस्था अज्ञात रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

‘चाइनिज नागरिक पनि छन् भनिएको छ, तर हामी कहाँ नाम आएको छैन,’ उनले भने, ‘तर समग्रमा २० जना बेपत्ता छन् ।’

उनीहरूको खोजी जारी रहेको तर वर्षा बढिरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको उनले बताएका छन् ।

‘जेसीबी लगाएर खोजी गर्ने तयारी छ, तर पानी परेर कठिन भएको छ,’ डीएसपी काफ्लेले भने, ‘बेपत्ता भएका व्यक्तिको खाजीका लागि हामीले आसपासका काभ्रे, रामेछाप, सिन्धुलीलगायत जिल्लामा पनि खबर गरेका छौं ।’

बाढी–पहिरोले बाह्रबिसेका विभिन्न वडामा गरी ३६ घर नष्ट भएको उनले जानकारी दिएका छन् । बर्षा जारी रहेकाले भौगोलिक रुपमा कमजोर सिन्धुपाल्चोकको बाह्रबिसेलगायत क्षेत्रमा थप जोखिम बढ्दै गएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७