दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव फेला, शंकास्पद मृत्यु


२६ असार २०७७, शुक्रबार
113308899 mediaitem113308898

काठमाडौं, २६ असार । दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव प्रहरीले फेला पारेको छ । हिजो बेपत्ता भएका मेयर पार्क वन सूनको शव प्रहरीले फेला पारेको बिबिसीले जनाएको छ ।

पार्कले घर छोड्नुअघि एक सन्देश दिएर गएको उनकी छोरीले प्रहरीलाई जानकारी गराएपछि खोजी थालिएको थियो । मेयर पार्कको शव प्रहरीले सिओलको उत्तरी क्षेत्रमा रहेको माउन्ट बुगाकमा फेला पारेको हो । उनको फोनको सिंग्नल अन्तिमपटक सोही क्षेत्र नजिक पहिचान भएको थियो ।

उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन । उनी बेपत्ता हुनु भन्दा केही घण्टा पूर्व महिला कर्मचारीले यौन हिंसाको आरोपमा पार्कविरुद्ध उजुरी दिएको खुलेको छ ।

पार्कले हिजोका सबै सार्वजनिक कार्यक्रम रद्द गरेका थिए । पार्क सन् २०११ देखि सिओलको मेयर थिए । उनी गत जुनमा तेस्रो तथा अन्तिम कार्यकालका लागि निर्वाचित भएका हुन् ।
दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको पार्टीका सदस्य पार्कलाई सन् २०२२ को राष्ट्रपति चुनावका सम्भावित उम्मेदवारका रुपमा हेरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७