डिएसपीसहित आठ प्रहरीको गोली हानी हत्या गर्ने विकास दुबे माारिए

कानपुर जाँदै गर्दा गाडी पल्टियो, प्रहरीको बन्दुक खोसेर भाग्न खोजे, गोली हानियो


२६ असार २०७७, शुक्रबार
bikash Rw3qzysGFi 1

काठमाडौं, २६ असार । डिएसपीसहित ८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबेलाई लिएर कानपुर जाँदै गरेको कार्केडको एउटा गाडी शुक्रबार बिहान दुर्घटनाग्रस्त भयो ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार विकास दुबे चढेको गाडी पल्टियो । उक्त दुर्घटनापछि प्रहरी टोलीको बन्दुक खोसेर उनले हमला गर्ने कोशिस गरे । जवाफी कारवाहीमा उनी पूर्ण रुपमा घाइते भए । उनको छातीमा गोली लाग्यो । पछि उनलाई अस्पताल पुर्‍याइयो । जहाँ उनको मृत्यु भएको खबर छ । विकासलाई बिहीबार उज्जैनको महाकाल मन्दिरबाट पक्राउ गरिएको थियो ।

प्रत्यक्षदर्शीले सुने गोलीको आवाज
भारतीय सञ्चार माध्यम आजतकका अनुसार घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीले भने, ‘हामीले फायरिङको आवाज सुन्यौं । गाडीको दुर्घटना भएको थिएन । हामीले गोलीको आवाज सुन्यौं । त्यसपछि प्रहरीले हामीलाई त्यहाँबाट भगाउने कोसिस गरे । हामी त्यहाँबाट गयौं ।’

bikash1 h3NvJjgcj0

न्यूज एजेन्सी एएनआईको खबर अनुसार कानपुर पुग्नुअघि नै बाटोमा एउटा गाडी पल्टियो । कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेलाई घाइते अवस्थामा अस्पताल भर्ना गरियो ।
एक प्रहरी अधिकारीले मिडियासँगको कुराकानीमा विकास दुबेलाई उज्जैनबाट कानपुर लैजाने क्रममा गाडी पल्टिँदा केही प्रहरी अधिकारी समेत घाइते भएको बताए ।

bikash dube
विकास दुबे

उनका अनुसार तिनै घाइते प्रहरीको बन्दुक लिएर भाग्ने कोसिस गरिरहेका थिए । त्यसपछि प्रहरीले उनलाई घेरे । प्रहरीले उनलाई आत्मसमर्पण गर्न भनिएपनि उनले गोलीबारी सुरु गरे । जवाफमा प्रहरीले पनि फायरिङ गरे । यद्यपि, विकासलाई कतिवटा गोली लागेको छ, त्यसको कुनै जानकारी उनले दिएका छैनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७