पूर्वराजा ज्ञानेन्द्रलाई महाप्रसादको सट्टा योगी आदित्यनाथले पठाए यस्तो शुभकामना


२६ असार २०७७, शुक्रबार
gyanendra bir bikram shah dev 2 0QZ5qtfNar

काठमाडौं, २६ असार । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा भारतको गोरखनाथ मन्दिरको तर्फबाट प्रत्येक वर्ष पठाइने गरेको महाप्रसाद यस पटक पठाइएन ।

दुई देशबीच भएको लकडाउनका कारण गोरखपुरस्थित गोरखनाथ मन्दिरबाट प्रत्येक वर्ष पठाइने गरिएको महाप्रसाद यो वर्ष नपठाइएको जनाइएको हो ।

भारत र नेपालबीच पछिल्लो समयमा चलिरहेको द्वन्द्वका कारण पनि यो परम्परा प्रभावित भएको जनाइएको छ । महाप्रसाद नपठाइए पनि मन्दिरका तर्फबाट नेपालको शाही परिवारलाई शुभकामना सन्देश भने पठाइएको छ ।

गोरखनाथ मन्दिरमा हरेक वर्ष नेपालका पूर्वराजा ज्ञानेन्द्रको शाहको जन्मदिन जुलाई ८ का दिन महाप्रसाद चढाइने गरिन्छ । यो प्रसाद शाही परिवारलाई पठाउने गरिन्छ । यद्यपि, मन्दिरका सञ्चालक द्वारिका तिवारीले भने सीमा खुलेपछि प्रसाद नेपाल पठाइने जानकारी दिए ।

मन्दिरको तर्फबाट पूर्वराजा शाहलाई पठाइएको शुभकामना सन्देशमा भनिएको छ– ‘विगतमा जस्तो तपाईलाई यो पटक पनि गुरु गोरखनाथ महाराजजीको प्रसाद चढाउनुका साथै तपाईलाई सुखी जीवनको शुभकामना व्यक्त गर्दछौं ।

स्थिति सामान्य भएपछि यो प्रसाद पनि पहिले जसरी नै पठाइनेछ ।’ उक्त पत्रमा गोरक्षपीठाधीश्वर महन्त र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तर्फबाट पनि शुभकामना र बधाई सन्देश दिएइएको छ ।

गोरखनाथ मन्दिर र नाथ सम्प्रदायसँग नेपालको शाही परिवारको अटुट सम्बन्ध रहँदै आएको छ । गुरु गोरखनाथको आशिर्वादका कारण नेपालमा राजपरिवारको बंश परम्परा बनेको किवंदन्ती समेत छ । पछिल्ला वर्षहरुमा पनि राजपरिवारका तर्फबाट मकर सक्रान्तिका अवसरमा गोरखनाथ मन्दिरमा प्रसाद (खिचडी) पठाउने चलन छ ।

यसअघि नेपालका राजा गोरखनाथ मन्दिरमा आफैं प्रसाद (खिचडी) लिएर पुग्ने गर्दथे, यदि आफू जान नसके प्रतिनिधि पठाउने गर्दथे । त्यति मात्र होइन शाही परिवारले अझै पनि गुरु गोरखनाथलाई राजगुरु मान्दै आएको छ । शाही परिवारका तर्फबाट त्यहाँ वडादशैं (विजयादशमी) मा पनि प्रसाद चढाउने परम्परा रहेको छ । स्रोत ः नवभारत टाइम्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७