गुल्मी घर भएका भारतीय गोर्खा सैनिकको पाकिस्तानी सेनाको गोलाबारीमा परी मृत्यु


२६ असार २०७७, शुक्रबार
ce2383d52bdb575f0317a2596ad0274a w1000 h500 cp

काठमाडौं, २६ असार । नेपालका गुल्मी घर भएका एक गोर्खा सैनिकको भारत पशासित कस्मिरमा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा परी ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले कस्मिरको रजौरेस्थित नौसेरा क्षेत्रमा पाकिस्तानी सेनाले गोलावारी गरेको जनाएको छ । बिहीबार राति भएको सो गोलाबारीमा शम्भु गुरुङको निधन भएको भारतीय सेनाले जनाएको छ । उनको स्थायी ठेगाना गुल्मी भएको बताइएको छ ।

  यस क्षेत्रमा पाकिस्तानी सेनाले मध्यराती १२ बजेर ४५ मिनेट जाँदा फायरिङ गरेको थियो, जतिबेला गुरुङ ड्युटीमा थिए । ‘पाकिस्तानले दुई राउन्ड ६०÷८२ एमएम मोर्टार फायर ग¥यो, यो गुरुङ बसेको बन्कर नजिक आइपुग्यो । बंकरको प्वालबाट गोली छिरेको थियो, नतिजा गुरुङको अनुहार, पाखुरा र देब्रे खुट्टामा धेरै चोट लागेको थियो,’ एक अधिकारीले भने, ‘उनलाई अस्पताल लगिएको थियो । तर ज्यान बचाउन सकिएन ।’

सीमामा युद्धविराम उल्लंघन गर्दै पाकिस्तानी सेनाले गोली चलाउँदा उनको ज्यान गएको हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतीय रक्षा प्रवक्ता देवेन्दर आनन्दद्वारा जारी विज्ञप्तिमा हवल्दार गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गर्दै कर्तव्य पालनाका क्रममा उनले गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहने जनाएको छ ।

त्यसैगरी ८ जुलाईमा पुन्चमा भएको दोहोरो भिडन्तका क्रममा गोली लागेर घाइते भएकी एक जेष्ठ महिलाको पनि शुक्रबार निधन भएको छ । हाकाम बाई नाम गरेकी यी महिलाको निधन जीएमसी जम्मु अस्पतालमा भएको हो, यहाँ विशेष उपचारका लागि उनलाई भर्ना गरिएको थियो । प्रहरीले उनको मृत्युको पुष्टि गरेको छ । यससँगै ८ जुलाईको दोहोरो भिडन्तमा परेर ज्यान गुमाउने सर्वसाधारण महिलाको संख्या दुई पुगेको छ । एकजनाको यसअघि नै मृत्यु भएको थियो ।

पछिल्लो समयमा भारत र पाकिस्तानबीच नियन्त्रण रेखा क्षेत्रमा तनाव बढ्दै गएको छ । भारत र पाकिस्तान एकले अर्कोमाथि युद्धविरामको उल्लंघन गरेको आरोप लगाउने गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७