किमकी बहिनी किम यो जोङले भनिन्, ‘अमेरिकासँग वार्ता गर्नुको औचित्य छैन’


२६ असार २०७७, शुक्रबार
14 06 2020 kim yo jong south korea

काठमाडौं, २६ असार । उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छिन् ।

उनले अमेरिकासँग हुने भनिएको अर्काे उच्चस्तरीय वार्ताको कुनै अर्थ नहुने बताएकी हुन् । उनको यो भनाई पछि अमेरिका र उत्तर कोरियाका बीचमा तत्कालै कुनै पनि वार्ता नहुने देखिएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएलाई उद्धृत गर्दै जनाएअनुसार किम यो जोङले उत्तर कोरियाले अमेरिकासँग गर्ने भनेको अर्काे वार्ताको कुनै काम नरहेको बताएकी हुन् ।

उनले अब अमेरिकासँग अर्काे वार्ता अनावश्यक हो र यस्तो प्रयोगबिहीन वार्ता गर्न पनि नहुने उनले बताएको समाचारमा जनाइएको छ । उनले यी दुइ देशले वार्तामा बसेर निष्कर्ष निकाल्न पनि नसक्ने भएकोले यस्तो वार्ता अनावश्यक हो भनेको सो समाचारमा उल्लेख गरिएको छ ।

अमेरिका आफ्नो अडानमा मात्र टाँसिएर बस्ने भएकोले वार्ताका माध्यमबाट निष्कर्ष निकाल्न नसकिएको उनको भनाई छ । केही दिन अघि मा पनि उत्तर कोरियाको विदेश मन्त्रालयका संयुक्त राज्य अमेरिका विभागका प्रमुख नोन जोङ गनले अमेरिकासँग वार्ता गर्न इच्छुक नरहेको बताएका थिए ।

उनको सो भनाइको केही दिनमात्र पछि किम यो जोङले शुक्रबार यो धारणा राखेकी छिन् । उनको यो धारणासँगै उत्तर कोरिया आगामी दिनमा अमेरिकासँग हुने भनेको वार्तामा बस्न इच्छुक नहुने देखिएको हो ।

केही समयअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकाको आगामी राष्ट्रतीय निर्वाचनअघि अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने अनुमान गरिएको बताएका थिए । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७