भारतमा ‘भयावह’ बन्यो कोरोना : एकै दिन साढे २६ हजार संक्रमित


२६ असार २०७७, शुक्रबार
korona india 1

नयाँदिल्ली, २६ असार । छिमेकी देश भारतमा दिनहुँ कोरोना भाइरस संक्रमण बयावह बन्दै गइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा साढे २६ हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २६ हजार ५०६ नयाँ संक्रमित थपिएका हुन् ।

यो एकै दिनमा थपिएका सबैभन्दा कोरोना संक्रमितको संख्या हो । यससँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख ९३ हजार ८०२ पुगेको छ ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २१ हजार ६०४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कारण ४७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ३० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने नौ हजार ६६७ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा अहिलेसम्म एक लाख २६ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार ७६५ जनाको मृत्यु भएको छ ।

दिल्लीमा पनि कोरोना भाइरसका एक लाख सात हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार २५८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा ३२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८६२ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा २५ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८५४ जनााको मृत्यु भइसकेको छ । बिहारमा कोरोना भाइरसका १३ हजार ९४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ११५ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म कोरोना भाइरसका चार लाख ९५ हजार ५१६ जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७