पप्पुसहितका निर्माण कम्पनी फेरि कालोसूचीमा


२६ असार २०७७, शुक्रबार
pappu construction

काठमाडौं, २६ असार । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित विभिन्न निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ ।

कार्यालयले विभिन्न परियोजनाको निर्माणमा पूर्व निर्धारित शर्त पूरा नगरेका ती कम्पनीहरुलाई कालोसूचीमा राखेको शुक्रबार एक सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ ।

परियोजनाहरुमा सार्वजनिक खरिद सम्झौता बमोजिम काम नगरेपछि सोको जानकारी गराउँदै विभिन्न निकायहरुले कार्यालयलाई पत्र पठाएका थिए । तिनै पत्रका आधारमा कार्यालयको असार २५ गतेको निर्णयले एक वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिले निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर यी निर्माण कम्पनीहरु कुनै पनि सार्वजनिक खरिद गतिविधिमा भाग लिन पाउने छैनन् ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय कपिलवस्तुको सिफारिसमा पप्पु( वाम्ती जेभी अनामनगर काठमाडौंलाई दुईवटा ठेक्काका लागि एक वर्षलाई कालोसूचीमा राखिएको हो । दुई वटा पुल समयमा निर्माण गरेकाले पप्पु कन्स्ट्रक्सनका सुमित रौनियार र वाम्तीका विश्वास झाको नामै उल्लेख गरेर कालोसूचीमा चढाइएको छ ।

त्यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिकाको सिफारिसमा बिजी कन्स्ट्रक्सन (चाँगुनारायण–८, भक्तपुर) लाई पनि कार्यालयले कम्पनीका प्रमुख व्यक्ति गौतम दुलालको नाम उल्लेख गर्दै एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

त्यस्तै, हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको सिफारिसमा श्रीहरीरसेतीदेवी जेभी (मनहरी–३, मकवानपुर) समेत कालोसूचीमा परेको छ । यसका मुख्य व्यक्ति हरिहर चौलागाई रहेको कार्यालयको सूचनामा उल्लेख छ ।

p

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७