‘ज्योतिष’ अर्जुन क्षत्री ५० लाख ठगी आरोपमा पक्राउ


प्रकाशित मिति : 10 July, 2020 2:41 pm

काठमाडौं, २६ असार । ‘ज्योतिष’ अर्जुन थापा क्षत्री ठगी आरोपमा पक्राउ परेका छन् । क्षत्रीसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो ।

आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिंडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो ।

उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहित तीन जना अख्तियारको फन्दामा परेका हुन् । क्षत्री यसअघि पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्