आठ जिल्लामा बाढी पहिरोको वितण्डा : शुक्रबार एकै दिन २३ को मृत्यु, ३६ बेपत्ता


२६ असार २०७७, शुक्रबार
collection

काठमाडौं, २६ असार । लगातारको भारी वर्षाले शुक्रबार देशका विभिन्न जिल्लामा बितण्डा मच्चाउँदै ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

लगातारको भारी बर्षाका कारण शुक्रबार देशका आठ जिल्लामा ठूलो जनधनको क्षति भएको छ । शुक्रबार देशभर नै पानी परेका कारण जनजीवन असामान्य बन्न पुगेको छ । भारी बर्षा, पहिरो र बाढीका कारण शुक्रबार एकै दिन २३ जनाको ज्यान गएको छ । त्यस्तै ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जानकारी गराएको छ ।

pahiro jajarkot 1

गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर भारी बर्षा भए पनि म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा ठूलो संख्यामा जनधनको क्षति पुगेको हो ।

बाढी पहिरोका कारण शुक्रबार २६ जना घाइते भएका छन् । म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता छन् । लमजुङमा ३ जनाको ज्यान गएको छ, ३ जना घाइते भएका छन् । कास्कीमा ७ जनाको ज्यान गएको छ १७ जना घाइते भएका छन् ।

badhi magdi

रुकुम पश्चिममा २ जनाको ज्यान गएको र १ जना घाइते भएका छन् । तनहुँमा बाढीका कारण डुबान भए पनि मानवीय क्षति भएको छैन । जाजरकोटमा पहिरोका कारण ७ जनाको ज्यान गएको, ५ जना घाइते भएको र ५ जना बेपत्ता छन् । गुल्मीमा एक जनाको ज्यान गएको छ ।

Pahiro Ghaite

यसअघि बिहीबार सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी २ जनाको ज्यान गएको थियो । २१ जना अझै बेपत्ता छन् । त्यहाँ ७ जना घाइते भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले अझै एक हप्तासम्म भारी वर्षाको सम्भावना भएकाले थप क्षतिका घटना हुनसक्ने जनाउँदै समयमै सुरक्षाका उपाय अपनाउन सर्वसाधरणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७