आत्महत्या (कथा)


२७ असार २०७७, शनिबार
story

असारको महिना तीन दिनबाट मुसलधारे पानी परिरहेको थियो । टिनको छानोमा दर्किएको बर्षात, धररर आवाजसँगै बिहानी पखको मीठो निन्द्रामा निदाएको शरीरलाई व्यूँझाउँदै मोबाइलमा घण्टी बज्यो । लगभग विहानीको चार बजेको हुँदो हो । खोपीमा छामछुम गरी मोवाइल टिपेर, राम्ररी नउघ्रिसकेको आँखा मिच्दै सिरकभित्रैबाट प्रतिक्षा फोन उठाउँछिन् ।
‘हेलो !’

उताबाट एक कर्कश पुरूष आवाज सुनियो, ‘हेलो मुइया एक रातको कति लिने गरेको छ ?’
प्रतिक्षालाई गलत नम्बरमा फोन गरे जस्तो लाग्यो ।
भनी, ‘हजुरले गलत नम्बरमा फोन गरे जस्तो लाग्यो ।’
‘नम्बर गलत हैन । सही छ प्रतीक्षा भण्डारी । भन, एक रातको कति लिन्छेस् । तँसँग मोज गर्नुछ ।’ हाँसोसहितको आवाज सुनियो ।

प्रतीक्षा रिसले आगो हुन्छिन् ‘हु आर यू ? मिस्टर, हाउ डेयर यू….’
यति भन्न नपाउँदै उताबाट आवाज आयो ‘साला रण्डी नौटङ्की गर्छे….’

मानिसको जीवन कति अनौठो छ । केवल मांशपेसीको एक थुप्रो मानिस आज संसारमा सर्वश्रेष्ठ छ । आफ्नो दिमागको प्रयोग गर्न सक्ने एक विवेकशील प्राणी मानिस । पलपलमा अनेकन भावनाका तरङ्गहरू । छाल बनेर आइदिन्छन् ।

प्रतिक्षाको दिमागमा अहिले भावनाका छाल तरङ्ग बनेर उडिरहेका थिए । को हो ? नम्बर कहाँबाट पायो ? किन कर्कश बोल्यो ? त्यो हाँसोको रहस्य के हो ? तीन दिनबाट अवरुद्धद विद्धुतका कारण टुकी बाल्ने ध्यान पनि नगरी, भुँईमा झरेको सिरक टिप्न नि ध्यान नगरी टोलाइराको बेला अकस्मात ढोकामा कसैले हानेको सुनिन्छ ‘ढक् ढक् ढक !’

ढोकाको आवाज सँगै प्रतिक्षाकी बाह्र बर्षकी बहिनी सिर्जनाको आवाज सुनिन्छ ‘प्रतीक्षा दिदी उठ्नुस् रे बाबाले बोलाउनु हुँदैछ ।’

‘सधै सात बजेसम्म सुत्ने बहिनी आज झिसमिसेमै कसरी उठी ? अनि बाबा ममी ? फोन ?’ प्रतिक्षाको मुटु ढुकढुक गरेको बाहिरै सुनिन्छ ।आलस्यसँग उठेर मोबाइल टिपी खाटबाट ।
ला ! चार्ज पनि सकिन लागेको रहेछ । ‘भित्तामा रातो माटो दलिएको बत्तीको स्वीच खोल्छे । आवाज आउँछ ‘कड्याक्क’

‘यो बत्ती पनि कति ग’को तीन दिन भइसक्यो फोकटमा जागिर खा’का छन् कर्मचारीले..’ मुर्मुरिन्छे एक्लै । बाहिर कोठामा कोहि बोलिरहेको आवाज आइरहेको थियो ।
‘प्रतिक्षा दिदी ?’ आजाज आयो फेरि ।
‘आएँ…..’

अँध्यारोमा ढोकाको दलिनमा टाउको ठोकिन्छ ‘ऐया !’
उठेर किचनमा गई । टुकी बत्ती बलिरहेको थियो । सलेदो लामो भएछ कोठाभरी धुँवा गुम्सिरहेको थियो । रातो माटो पोतिएको चुलोमा कालो कित्लीमा चिया पाक्दै थियो । बाबा मुढामा बसेका थिए ।अनुहार कालो भएको थियो । त्यहिबेला प्रतिक्षाले बाबाको कुम च्यातिएको सट पनि देख्छे ।

आमा अँगेनामा बसेर पाक्दै गरेको चियामा दाउरा ठेल्दै थिइन् । उनको आँखा सुनिएको थियो र अनुहारभरि आँशु लतपतिएको थियो । आमाको सिधा अर्को पिरामा बहिनी डर र उदासी मिसिएको रून्चे अनुहार लगाएर बसिरहेकी थिई ।

टिन चुहिएर किचनको एक कुनामा थापिएको भाँडामा पानी भरिन लागेको थियो । कोठामा सन्नटा भएर पानी चुहिएको तपतप आवाज निरन्तर आइरहेको थियो । बाहिर किराहरू कराएको आवाज प्रष्ट सुन्न सकिन्थ्यो ।

वातावरण देखेर प्रतिक्षा झस्की । प्रकृतिमा त पानी मात्र परिरहेको थियो । उसको मनको समुन्द्रमा भने आँधीहुरी र सुनामीले बहेली खेल्न थाल्यो ।
पानीको तपतपसँगै आमाको सुँक्क सुँक्क आवाज आइरहेको थियो ।
‘किन रून्छेस् प्रतिक्षाकी आमा हाम्रै लालनपालन शिक्षादीक्षामा खोट रहेछ र आज यो दिन देख्नु पर्‍यो’

आमाले सुँक्क गर्दै साडीको फेरले आँशु पुछिन् ।
‘ला….के भा होला ?’ प्रतिक्षाको मनमा ढ्याङ्ग्रो ढोक्दै थियो । पुलुक्क बहिनीलाई हेरी । बहिनी अनुहारमा आएका केशका रेसालाई एक हातले पन्छाउँदै एक हातले भुँइ कोर्दै बसिरहेकी थिई ।
त्यो विस्मात वातावरणले उसको मन भने हिउँझै जम्दै थियो ।
अझै पनि उसले भ’को के भनेर सोध्न सकेकी थिइनँ ।

प्रतीक्षा भण्डारी, घर पूर्वी पहाडी जिल्ला भोजपुर । एक मध्यमवर्गीय गाउँले केटी जसका बाबा पूर्णबहादुर भण्डारी एक सरकारी कर्मचारी थिए । गाउँकै वडा कार्यालयमा काम गर्थे । आमा निरकुमारी भण्डारी । माइत ताप्लेजुङ । उबेला पनि प्रेम विवाह गरेका रे ।

उनी घरमा खेतीपाती गर्थिन् । बेलामौका गाउँमा मेलापात गरेर जीविका चलेको थियो । पुर्खाले छोडेर गएका जग्गामा बनेको एउटा दुईतले टिनको घर थियो उनीहरूको । घरका पुराना काठहरूमा धमिरा लाग्न थालेका थिए । बुँइगल त मुसाको अखडा बनेको थियो । रातभरि मुसा कुद्थे ।

दुई–तीन रोपनी जग्गा थियो । घरको खेतीपातीले जसोतसो भोक टर्ने गथ्र्यो । उसले गाउँकै स्कुलबाट कक्षा १० सम्म अध्ययन गरी । मेद्यावी छात्रा भएकाले सरहरूको सल्लाहमा उसलाई परिवारले काठमाडौ पठाए । उज्जवल भविष्यको सपनामा काठमाडौंको कोलाहलका बीच बागबजारस्थित पद्मकन्या क्याम्पसमा कक्षा १२ मा फुपूको घरमा बसी अध्ययन गर्दै थिई ।

बहिनी सिर्जना भने गाउँकै बोर्डिङ स्कुलमा कक्षा आठमा पढ्दै थिई । सानो र सुखी परिवार आफ्नै तरिकाले चल्दै थियो । विश्वमा देखिएको कोरोना भाइरसले सबै शैक्षिक संस्था बन्द भएसँगै घर आएर बसेको दुई महिना भएको थियो । आज अकस्मात घरमा यस्तो वातावरणले प्रतीक्षा विस्मयमा पर्दै थिई । मनमा शंकाको बादल उठ्दै थियो । पानी पर्न मात्र बाँकी थियो ।

निरकुमारीले स्टिलको गिलासमा दूध हाली चिया खन्याउँदै थिइन् । पूर्णबहादुरको स्वर सुनियो, ‘तँलाई हामीले यहि दिन देख्नका लागि जन्माको हुर्काको, दुःख गरेको पढाको हो छोरी ? बहिनीको अनुहार हेर उसको जिम्मेवारी तेरो टाउकोमा पनि छ । तँ पछि यो जन्मी । तँभन्दा पाँच बर्षले कान्छी छे यो ।

गाउँले र आफन्तले अर्को सन्तान चाहिन्छ छोरा छैन भन्दा पनि छोरी र छोरा बराबर भनेर दुनियाँको भनाइ लत्याएर, दश दुःख गरेर तिमीहरूलाई हुर्कायौ । मासिक २० हजारको जागिरले चुहिने घरको छाना फेर्‍यौं । नयाँ घर बनाउन सकिएन । तिमीहरूको भविष्यका लागि भनेर आधा पेट खाएर राम्रो स्कुलमा पढायौँ । आज यहि दिन देखाइस् तैंले । यस्तो घिनलाग्दो काम गर्नुअघि एकचोटी पनि बाबा आमाको अनुहार याद आएन ?

यो बहिनीको अनुहार हेर । यसको पनि याद आएन तँलाई ? पैसा कमाउन नसके पनि समाजमा मेरो इज्जत थियो । तँमाथि मेरो कत्रो गर्व थियो । आज सब माटोमा मिलाइस् तैंले । यस्तो दिन देखाउनु थियो भने बरू हामीलाई बिष खुवाएर पहिल्यै किन मारिनस् ? समाजमा मुख देखाउन नहुने बनाइस् तैंले हामीलाई । नझुकेको शीर झुकाई दिइस् । ज्यूँदै मारिस् । छोरी ज्यूदै मारिस ।’

यति सुनेपछि प्रतिक्षाको आँखाबाट बलिन्द्रधारा आँशु खहरे खोलामा बाढी आएझैं चुहिन थाल्यो । ऊ अझ पनि अनभिज्ञ थिई बाबाले किन गाली गरे ? आमा किन रोइन् ? बहिनी किन टोलाई ?
हिजोको त्यो सुखी परिवार आज टुक्रामा परिणत भएझै लाग्दै थियो । विश्वासको सम्बन्ध टुट्दै थियो । सँधै माया गरेर बोल्ने बाबाको यस्तो बोली सुन्दा उसको मुटुमा कसैले तीखो वाण प्रहार गरेझै लाग्यो । बलिन्द्रधारा आँशु झरिरहेकै थिए ।

‘तेरा गोहीका आँशु नझार, जो चोर उसकै ठूलो स्वर’ भन्दै आमाको एक थप्पड उसको
हानिन् । आमाले प्रतिक्षाको जिऊ झकझकाउँदै रूँदै भनिन्, ‘भन् तैले किन यसो गरिस् ? तँलाई हामीले के अपुग पारेका थियौं ? एक छाक खाएर भए पनि छोराछोरीको खुशी हेरेको थियौं । भन के पुगेन ।भन् । किन हामीलाई ज्यूँदै मारिस् ? भन् । जवाफ दे ।’
प्रतिक्षाको मनमा अब भने सुनामी आईसकेको थियो ।

डराउँदै बहिनी र आमा बाबातिर पालपालो हेदै रूँदै भनी, ‘मैले त्यस्तो के गल्ती गरे र बाबा आमा ? तपाईहरू मेरो भगवान हो, म कसरी तपाईहरूलाई चोट पुर्‍याउन सक्छु र ?’
‘आमाले भनिन्, ‘हेर हेर यो नकचरी पानीमाथिको ओभानो बन्दी रै’छ । अझ थाहा नपाएझै गर्छे ।’
‘ए त्यो ल्यापटप ले ले अस्मिता !’

ल्यापटप दिउँसो मात्र काजी बाको घरमा सोलारमा चार्ज लाएको थियो । थोरै त चार्ज बाँकी रहेछ ।
ल्यापटप खोलेर एउटा भिडियो खोलिन्, जुन भिडियो फेसबुक, युट्बमा भाइरल भ’को थियो ।
‘ओफै हेर’ ल्यापटप हातमा दिएर निरमायाले मुन्टो बटारिन् ।

हात कमाउँदै प्रतिक्षाले भिडियो खोलिन् भिडियो हेरिन् प्रतिक्षाको जीऊ लत्याकलुतुक भयो, चिटचित पसिना आयो, हेर्न नसकेर आँखा चिम्म गरिन् । बरर आँशु झ¥यो, सुन्न नसकेर कान थुनिन् । मुटुमा गोली लाग्यो । हेर्दाहेर्दै गोबरले लिपेको हिलो भुँइमा लडी ।

त्यो भिडियोमा प्रतिक्षा एउटा केटासँग शारीरिक सम्बन्धमा थिई । केटाको अनुहार देखाइएको थिएन । तर उसलाई मात्र थाहा थियो, त्यो को थियो । त्यो थियो उसको ब्वाइफ्रेन्ड प्रबिन, प्रबिन शर्मा । घर स्याङ्जा । पुतलीसडकस्थित शङ्करदेब क्याम्पसमा कमर्स पढ्दै गरेको एक झिल्के ठिटो । जब ऊ होशमा आई उ, ओछ्यानमा थिई । झ्यालबाट अलिअलि उज्यालो छिर्दै थियो ।

सायद छ बजेको हुँदो हो । शरीर चिसो भइरहेको थियो । बाहिर कोठामा सानो आवाजमा बोलेको, साक्क सुँक्क गरेको आवाज आईरहेको थियो । उसको दिमागमा दुई घण्टा अगाडिका घटनाहरू, काठमाडौं, कलेज, प्रबिन, उसको प्रथम पटक प्रेम प्रस्ताव गरेको, पहिलो डेटिङ, उसँग बिताएका पल, खाएका कसम, सँगै बाँच्ने बाचाहरू रिलझै घुम्न थाले ।

‘आखिर कसले गर्‍यो यस्तो ?’
‘प्रबिनले यो थाहा पाएर मलाई छोड्ने पो हो कि ?’
गाउँलेहरू, सर मिस, साथीहरू,आफन्त सबैले हेरिसके होलान् ।
‘अब कसरी मुख देखाएर हिंड्नु ? गाउँलेले मजाक बनाउँछन्, आफन्तले थुक्छन् । बाबा आमा, बहिनीसँग आँखा जुधाउने हिम्मत पनि छैन ।’

आफ्ना अन्तरद्वन्द्वसँग ऊ संघर्ष गर्दै थिई । एकोहोरो दलिनतिर हेरिरहेका उसका आँखाबाट बलिन्द्रधारा झरेका आँशुले सिरानी तन्ना भिजिसकेको थियो तर उसलाई होश थिएन ।
उसको दिमाग खाली पानाझै हुँदै थियो जहाँ कोर्नका लागि शब्दहरू नै थिएनन् ।
उसले आफूलाई जिउँदो लाश देख्न थाली ।
उसको थोरै आशा बाँकी थियो ‘प्रबिन’

उसले सहयोग गर्न सक्छ । सोच्दै मोबाइल उठाइ । १५ प्रतिशत बाँकी रहेछ ब्याट्री पनि । उफ् आपतको बेला लाइन पनि छैन । ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भनेको यही होला । मोबाइलमा नम्बर डायल गरी । फोन गरी पटक पटक फोन उठेन । सोची सुतिरहेको होला । फेरि फोन गरी । फोन काटियो ।पटक पटक गरी फोन काटियो । आफन्तसँग पो छ कि ? मनलाई शान्त पार्दै थिई ।

ल्यापटप खोलेर फेसबुक खोली । ५० वटाभन्दा बढी म्यासेज आएका थिए । तर आँखा सुरूमा त्यो भिडियोमा पर्‍यो जुन उसले भर्खरै हेरेकी थिई । टाउको घुमाउन थाल्यो उसको, शरीर गल्यो । ५० मिनेटमा दुई हजार लाइक, एक हजार कमेन्ट र १२ सय सेयर पुगेको देखि । अश्लिल कमेन्टहरू अनि त्यो हाँसो हेर्न सकिन । आँखा चिम्म गरी । आँशु तरर खसे । उसको अगाडि अन्धकार छायो । अझसम्म पनि अनभिज्ञ थिई कसले गर्‍यो ? अनि किन ? तब प्रतिकको नाम सर्च गरी २उचबतष्प कजबचmब तर भेटाइन । तब पुरानो म्यासेज हेरी ब्लक गरेको रहेछ । चित्त छियाछिया भयो ।

‘किन गर्‍यो ब्लक ? ला कि यो भिडियो देखेर रिसायो ?’ अन्तर मनमा डरले डेरा जमायो ।
फेरि फोन गरी प्रतिकलाई । फोन रिसिभ भयो ।
उताबाट आवाज आयो ‘फोन नगर भनेको सुनिनस् ?’
‘किन प्रतीक ? तिमी रिसायौ ? कसले गर्‍यो मलाई थाहा छैन प्रतीक । ममी बाबाले पनि थाहा पाउनु भो । मलाई मर्नु जस्तो भइरहेको छ प्रतीक । सरी प्रतीक । रूँदै भनी उसले ।
‘जेसुकै गर’ फोन काटियो उताबाट ।

साह्रै रिसाएछ भन्ने सोची फेरि फोन गरी पटक पटक। सयौ म्यासेज गरी तर रिप्लाई आएन ।
पटक पटक फोन काटियो । तर उसले फोन गरिरही ।
फोन उठ्यो ।
‘तलाई फोन नगर भनेको सुनिनस् ?’ आवाज आयो
‘प्रतीक तिमी मेरो ब्वाईफ्रेन्ड हौ । तिमी त कुरा बुझ प्लिज’
‘हाहा तँलाई अझै थाहा पाइनस् त्यो भिडियो कसले खिच्यो ? मैले हो मैले ।’ हाँस्दै भन्यो प्रतिकले ।
प्रतिक्षाको मनमा बाढी सुनामी, बाढी, पहिरो छाल एकै पटक आए । सोचेको पनि थिइन प्रतीक यस्तो गर्न सक्ला । कति बाचाहरू गरेका थिए उनीहरूले सँगै मर्ने बाँच्ने ।
‘किन गर्‍यौ प्रतीक यस्तो ? किन ? तिमी त मलाई माया गथ्र्यौ । के पायौ मसँग खेलेर ?’ रूँदै बोली प्रतीक्षा ।

‘हा हा माया ? म तलाई माया गर्दिन । मैले तेरो शरीरको भोग गर्न मायाको नाटक गरेको थिएँ । तेरो शरीरसँग माया गरेको थिएँ । जब तलाई पहिलो पटक देखें पद्मकन्यामा । तेरो शरीर देखेर म लोभिएँ । तेरो सोझोपन कति भने तँ मेरो जालमा सजिलै फसिस । तँसँग कसले माया गर्छ ? अनुहार न दनुहार….।
मेरो अनलाईन बिजनेस छ । तेरो भिडियोले गर्दा मलाई प्रोफिट भइरहेको छ । हेर त दुबै हातमा लड्डु मेरो’

घुक्क घुक्क गर्दै प्रतिक्षाले भनि ‘तर….’
कुरा पूरा हुनै नपाई आवाज आयो, ‘तर सर म जान्दिनँ । तलाई पनि फाइदा भो त हेर । कति पपुलर भईस् तँ एक रातमा । हेर त लाइक, कमेन्ट र सेयर कति छ ? तँ त एकैछिनमा कति फेमस भइस् अरे वा । सेलिब्रेटी…हा हा’
‘तँ त मसँग खुशी हुनुपर्ने । आइज बरू सँगै मिलेर काम गरौं । तँलाई पनि फाइदा मलाई पनि फाइदा’“
सुन्न नसकी प्रतिक्षाले फोन काटी ।
सारा सपनाहरू पलभरमै माटोमा मिलेका थिए ।

बाबा आमाको अघिका शब्दहहरू कानमा गुञ्जिए । उसले बाबा आमाको इज्जत राख्न सकिन । सपना पुरा गर्न सकिन । बहिनीको उजाडिएको भविष्य सिनेमाका दृष्यझै अगाडि आए । दिदी हुनुको दायित्व निभाउन नसकेको भान भयो । आँखा अगाडि अँध्यारो छायो । बाँच्नुको औचित्य देख्न छाडी। भ वष्यका बाटाहरू दिमागमा रिलझै घुमिरहेका थिए ।

‘अब म बाँचे भने पनि कसरी समाजमा अनुहार देखाउँला ? बाबा आमालाई कुन मुखले पुकारौ ? हरेक दिन समाजले मेरो रेप गर्नेछ जताततै ।’
मनसँग मनको अन्तर्वार्ता गर्दै थिई । आँखा सुनिएका थिए ।आँखाबाट लगातार आँशु बगिरहेका थिए ।

मान्छेको जीवन जिउन हरेक कुराको अभाव हुने तर आँशुको अभाव कहिल्यै नहुने । भगवानले आँखाभित्र समुन्द्र राखिदिएका होलान् । समय कति बलवान छ । शान्त समुन्दमा अचानक सुनामी आईदिन्छ । खुल्ला आकाशमा बादल छाइदिन्छ ।
झमझम पानी परिरहेको थियो । झ्याल बाहिर पुलुक्क हेरी । नीलो आकाशसँग बादलका टुक्राहरू

आकाशमा मितेरी लाउँदै थिए ।लाग्थ्यो कि बादलका टुक्रा पनि मायालुसँग माया पोख्न व्याकुल छे । तर बिचरा बादललाई के थाहा कतिबेला आकाशमा ग्रहण लाग्ने हो, कतिबेला आकाशबाट पानी झर्ने हो र बादलको अस्तित्व मेटिएर जाने हो । कति स्वार्थी छ यो प्रकृति पनि । कति स्वार्थी छ समय, कति स्वार्थी छ यो समाज, कति स्वार्थी छ यो समाज !

आकाश थर्किरहेको थियो । बिहानको सात बजेको हुँदो हो । खुल्ला झ्यालबाट हावाको झोक्का अकस्मात भित्र पस्यो । लाग्थ्यो कि कुनै आँधी आउनेवाला छ । हावासँगै टेबलमा फ्रेम गरिएको प्रतिक्षाको सुन्दर फोटो भुँमा झर्‍यो । सिसा सबै फुट्यो ।
‘प्रतीक्षा ! ए प्रतीक्षा’
‘ढोका खोल’ बाबा आमाको आवाज आइरहेको थियो ।
‘प्रतीक्षा दिदी ढोका खोल्नु न’ अस्मिताको आवाज आइरहेको थियो ।
फेरि आवाज आयो ‘ए अस्मिता !’
हावा चल्नु, आवाज आउनुसँगै एक युवतीले जेब्रा झोलाबाट सल निकालिन् ।
‘प्रतिक्षा दि….“ आवाज पूरा नहुँदै कोठाभित्र टेबल लडेको आवाज आयो ।
त्यतिबेलै अकस्मात आकासमा बिजुली चम्किएर मुटु काम्ने आवाज आयो । पानी पर्न थाल्यो ‘मुसलधारे’ ।

बाहिरबाट धिमा आवाजमा कसैको आवाज आइरहेको थियो ‘प्रतीक्षा’
‘ए प्रतीक्षा ढोका खोल, सुनिनस्’
‘प्रतीक्षा दिदी दोका खोल्नुहोस्’
तर प्रतीक्षाको जवाफ कहिल्यै पनि आएन । न त ढोका नै खोलियो । प्रतिक्षाले सधाको लागि अन्तिम श्वास फेरिन्, एउटा शरीर निर्जीव भएर गयो, आत्मा कतै चीरशान्तिको बाटोतिर विलयन भएर गयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७