गण्डकीप्रदेशमा थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,१७६ पुग्यो


२७ असार २०७७, शनिबार
pokhara

पोखरा, २७ असार । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार १७६ पुगेको छ ।

शनिबार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ १४ जनामा संक्रमण देखिएको गण्डकी स्वास्थ निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

संक्रमित हुनेमा पोखरा महानगरका ८९ वर्षीय वृद्ध र २५ वर्षीय युवासहित तनहुँका ४ जना, बागलुङका ३, जना, म्याग्दीका २ र स्याङ्जाका ३ जना पुरुष छन् ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । शुक्रबार क्षयरोग उपचार केन्द्र, पोखरामा २६७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा २३९ नमूनाहरु परीक्षण गरिँदा १४ जनामा संक्रमण भेटिएको हो ।
हेर्नुस् संक्रमितको विवरण

g 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७