वाम गठबन्धनबाट चुनाव लड्ने जनमोर्चाकाे तयारी


२१ आश्विन २०७४, शनिबार
chitra bahadur kc

काठमाडौ : नेकपा एमालेले नेतृत्व गरेको बाम गठबन्धनमा अर्को बामपन्थी दल राष्ट्रिय जनमोर्चा पार्टीले पनि चुनावी तालमेल गर्ने तयारी गरेको छ ।

chitra bahadur kc

काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफुहरुसग सहभागी हुन आव्हान गरेपनि राष्ट्रिय जनमोर्चा पार्टीले भने बाम गठबन्धन नै रोज्न लागेको हो ।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने बताए। उनले भान्सा, पहिरन र व्यवहार मिल्नेसँग किन बेग्लै बस्ने भन्ने अवधारणाबाट आफूहरु अघि बढिरहेको जानकारी दिए ।

बाम गठबन्धनमा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, नेपाल परिवार दल र केही स्वतन्त्र उम्मेद्धार एकतावद्ध भईसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७