नयाँ डाइर्भसन बनाएपछि राजमार्ग सञ्चालन


२७ असार २०७७, शनिबार
KrishnaAcharya Bharatpur RSS 27 IMG 1369 1

चितवन, २७ असार । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ ।

नौ घण्टापछि नयाँ डाइर्भसन निर्माण भएपछि यातायात आवागमन सञ्चालन भएको हो । पूर्वी नवलपरासीको गैंडाकोट–९ थुम्सीस्थित खहरेखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

दिउँसो १ बजेबाट सडक सञ्चालन भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बाटो बन्द भएपछि रोकिएका सवारी साधन गन्तव्यमा लागेका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । सोही कम्पनीले नयाँ डाइभर्सन बनाएको हो । हाल गैंडाकोटबाट दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७