अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरसको संक्रमण


२८ असार २०७७, आईतवार
amitabh bachchan

काठमाडौं, २७ असार । बलिउडका अभिनेता अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उनलाई शनिबार राति नै मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ ।

अभिनेता बच्चनले आफुलाई कोरोना संक्रमण भएको ट्विटमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘मलाई अस्पताल भर्ना गरिएको छ ।  । म अस्पताल भर्ना भइसकेको छु । मेरो परिवार र स्टाफका सदस्यहरुको परीक्षण भएको छ । उनीहरुको रिपोर्ट आएको छैन । पछिल्ला १० दिनमा मेरो सम्पर्कमा आएका सबैलाई अनुरोध गर्दछु कि उहाँहरुले पनि आफ्नो कोरोनाको परीक्षण गराउनुहोला ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७