कुकुर पाल्नु भएको छ ? पहिला दर्ता गर्नुस्


१५ माघ २०७४, सोमबार
Dog

इटहरी, १५ माघ : धरान उपमहानगरपालिकाले अब धरानबासीलाई दर्ता बिनाका कुकुर पाल्न नदिने भएको छ । नगरकार्यपालिकाले घरेलु कुकुरको दर्ता गर्ने र सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने निर्णय गरेको छ । उपमहानगरको समाजिक विकास शाखाका प्रमुख गणेश खतिवडाका अनुसार अब धरानका हरेक घरपालुवा कुकुर दर्ता गरिने छ ।Dog

२ हजार शुल्कमा दर्ता गरेपछि कुकुरले परिचय नम्बर पाउनेछ । साथै कुकुुरको घाँटीमा बेल्ट र छालामा कतै चिप्समा जिपिएस जडान गरिने खतिवडाले जानकारी दिए । दर्ता भएका कुकुरहरुलाई विभिन्न रोगका खोप पनि उपमहानगरले नै लगाई दिनेछ ।

धरानका घरपालुवा कुकुरको लगत राख्न, स्वास्थ्य सुधारका कार्यक्रम ल्याउन र कुन कुकुर कसको हो भन्ने प्रष्ट गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरले जनाएको छ । उपमहानगरको सामाजिक विकास शाखाका प्रमुख खतिवडाले भने–‘अहिले चिप्स आइसकेको छैन । फागुनसम्ममा चिप्स ल्याएर यो काम शुरु गरिन्छ ।’ धरानमा झण्डै १० हजार घरपालुवा र ५ हजार ‘सामुदायिक’ कुकुर रहेको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७