बाहुबलिकी नायिकामाथि जुत्ता प्रहार


१५ माघ २०७४, सोमबार
tamanna

चर्चित बलिउड अभिनेत्री तमन्ना भाटियालाई एक कार्यक्रममा एक ब्यक्तिले जुत्ताले हानेका छन् । उनलाई हैदरावादको एक कार्यक्रममा ती अज्ञात ब्यक्ति प्रहार गरेका हुन् ।tamanna

करिमुल्लाह नामका मान्छेले नायिका तमन्नामाथि जुत्ता प्रहार गरेको स्थानीय प्रहरीले जानकारी दिएको छ् । ती ब्यक्तिलाई तुरुन्तै हिरासतमा लिइएको पनि प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका करिमुल्लाहले भनेका छन्–‘तमन्नाको पछिल्ला चलचित्रको भूमिका मलाई मन परेको छैन, त्यसैले जुत्ताले हानें ।’ तमन्ना बलिउड सुपरहित चलचित्र बाहुबलीकी नायिका हुन् । उनी बलिउड बाहेक तेलुगु र तमिल चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७