बार्सिलोनाको जित, मेस्सीको कीर्तिमान


प्रकाशित मिति : 12 July, 2020 7:11 am

काठमाडौं, २८ असार । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले साँघुरो जित निकालेको छ ।

गए राति भएको खेलमा रियल भालाडोलिडलाई १ – ० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले साँघुरो जित निकालेको हो ।

बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

भिडालको गोलमा अस्सिट गरेसँगै मेस्सीले एकै सिजन २० गोल र गोलका लागि २० अस्सिट गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए । जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ ।

एक खेल कम खेलेको रियलको ८० अंक छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्