अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण, जया र ऐश्वर्याको रिपोर्ट आज आउँदै


२८ असार २०७७, आईतवार
unnamed

नयाँदिल्ली, २८ असार । बलिउडका चर्चित कलाकार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण भएको छ ।

कोरोना पोजिटिभ रिपोर्ट आएपछि बाउ–छोरा दुबैलाई नै शनिबार राति मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ ।

अमिताभकी पत्नी जया र अभिषेककी पत्नी एवं अभिषेक पत्नी अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिएको छ । उनीहरूको रिपोर्ट भने आज (आइतबार) आउने महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले जानकारी गराएका छन् ।

‘अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य परीक्षण गरिएको थियो । दुवैको रिपोर्ट कोरोना पोजिटिभ आएको छ,’ मुख्यमन्त्री टोपेले भने, ‘उनीहरूका सदस्य जया बच्चन (अमिताभकी पत्नी) र ऐश्वेर्या राय (अभिषेककी पत्नी) को पनि कोरोना परीक्षण गरिएको छ, उनीहरूको रिपोर्ट आज आउँदैछ ।’

अमिताभ र अभिषेकले ट्वीट गर्दै आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी गराएका थिए । १० दिनअघिसम्म आफूहरुको सम्पर्कमा आएकालाई कोरोना परीक्षण गराउन समेत उनीहरुले आग्रह गरेका छन् ।

a

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७