अमेरिकामा ज्यान गुमाएको परिवारलाई १० लाख सहयोग


२८ असार २०७७, आईतवार
Money paisa rakam NYfiuAliCy
सांकेतिक तस्वीर

बागलुङ, २८ असार । बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा अमेरिकामा मृत्यु भएका एक व्यक्तिको परिवारलाई शनिबार यहाँ एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ ।

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुस्मिशेरा निवासी तुलसा थापाको रोजगारीको सिलसिलामा अ‍ेमिरिकामा अचानक हृदय घातले ३८ वर्षको उमेरमै निधन भएपछि मगर सङ्घ अमेरिकाको संयोजनमा सङ्कलन भएको रु १० लाख ५८ हजार ७६४ थापाकी आमा हरिकला थापालाई हस्तान्तरण गरिएको हो ।

अमेरिकामा समेत सामाजिक काममा क्रियाशील थापाको निधनले परिवारमा अपूरणीय क्षति पुगेको भन्दै अमेरिकामा रहेको नेपाल मगर सङ्घका अध्यक्ष कुलदीप रानाको संयोजनमा सङ्कलन गरिएको रकम नेपालमा समन्वयकर्ताको भूमिका खेलेको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा र नेपाल मगर सङ्घ बागलुङको रोहवरमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।

तुलसा थापाको २५ डिसेम्बर २०१९ मा अमेरिकाको टेक्सासमा निधन भएको थापाका आफन्त तारा थापाले जानकारी दिए । मृतक थापा अमेरिकाको टेक्सासमा रहेको मगर सङ्घको सदस्य समेत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७