अमिताभ बच्चनसहित अभिषेक बच्चन पनि कोरोना पोजेटिभ


२८ असार २०७७, आईतवार
amitabh abhishek 6sEr1W6bh2

काठमाडौं, २८ असार । चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना पोजेटिभ पाइएका छन् ।

कोरोना पोजेटिभ पाइएपछि अमिताभ बच्चनलाई अबेर राती मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । यस्तै अभिषेक बच्चन पनि अस्पताल भर्ना भएका छन् ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचार एजेन्सी एएनआईलाई भने, ‘अमिताभ बच्चन र अभिषेक बच्च्नको एन्टीजेन परीक्षण गरिएको थियो जसको नतिजा पोजेटिभ आएका छन् । यसअघि अमिताभ बच्चनले सोसल मिडियामा आफ्नो स्वास्थ्यबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७