बार्सिलोनाको जितसँगै रियलको अग्रता १ अंकमा झर्यो


२८ असार २०७७, आईतवार
Messi Vidal Barcelona. 1024x584 1

काठमाडौं, २८ असार । स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्षस्थानको रियल म्याड्रिडसँगको दुरी १ अंकमा झारेको छ ।

बार्सिलोनाले भालाडोलिडको घरेलु मैदानमा १-० को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक हासिल गरेको हो । बार्सिलोनाको जितमा आर्टुरो भिडालले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । उनले १५ औं मिनेटमा गोलको खाता खोलेका थिए ।

कप्तान लिओनेल मेस्सीले चलाखीपूर्ण ढंगले पेनाल्टी क्षेत्र नजिकबाट दिएको फ्लिक पासलाई भिडालले ६ यार्ड बक्स नजिकबाट दोस्रो बारतर्फ गरेको प्रहार पोस्टमा लाग्दै गोलमा परिणत भएको थियो । जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ८० अंक रहेको छ । रियलले सोमबार हुने खेलमा ग्रानडाको सामना गर्दैछ ।

मेस्सीको कीर्तिमान

मेस्सी ला लिगाको एउटै सिजनमा २० वा सोभन्दा बढी गोल र सँगै २० वा सोभन्दा बढी गोलको अवसर सिर्जना गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २००८–०९ सिजनमा बार्सिलोनाका पूर्व खेलाडी ज्याभीपछि मेस्सीले एकै सिजनमा २० वटा गोलको अवसर सिर्जना गर्न सफल भएका हुन् ।

ला लिगाको एकै सिजनमा कुनै पनि खेलाडीले एकैपटक २० वा सोभन्दा बढी गोल र एसिस्टको कोशेढुंगा पार गर्न सकेका छैनन् । युरोपका शीर्ष ५ लिगमा भने यो उपलब्धि हासिल गर्ने मेस्सी दोस्रो खेलाडी हुन् । यसअघि थिएरी हेनरीले सन् २००२-०३ सिजनमा आर्सनलका लागि २४ गोल र २० एसिस्ट गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७