गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,१९२ पुग्यो


२८ असार २०७७, आईतवार
pokhara

पोखरा, २८ असार । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना भाइरस संक्रमित फेला परेको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट आइतबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई–दुई जना, नवलपुर (बर्दघाट सुस्तापूर्व), स्याङ्जा र गोरखाका एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार १९२ जना पुगेको छ । जसमध्ये ७३६ जना भने डिस्चार्ज भइसकेका छन् ।

g 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७