कहाँ–कहाँ छ आज बाढी र डुबानको खतरा ? यस्तो छ चेतावनी


२८ असार २०७७, आईतवार
GRP Bajura

काठमाडौं, २८ असार । नेपालमा मनसुन सक्रिय भइरहेको छ । अझै तीन दिन देशका धेरैजसो भू–भागमा भारी बर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

आज (आइतबार) कोशी, कमला, बागमती र नारायणीमा बहाव सतर्कता आसपास हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काईमा जलस्तर खतरा तहसम्म पुग्न सक्ने छ ।

प्रदेश १, २ र ५ को चुरे र तराईबाट बहने साना नदीमा आकस्मिक बाढी हुने उच्च सम्भावना रहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा जिल्ला लगायत प्रदेश २ भई बहने साना नदीमा बहाव उच्च हुने महाशाखाको भनाइ छ । तराईको डुबान भइरहने होचा स्थानमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

रातिदेखि नै इलाम, झापा, मोरङ, सुनसरी,उदयपुर, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर र आसपास मध्ययमदेखि भारी वर्षा भएकोले विरिङ, निन्दा, कन्काई, मावा–रतुवा, लोहन्द्रा, चिसाङ खोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बालन, खुट्टी चुरियाखोला, माउली, बकैया र आसपासको तटिय क्षेत्रमा रहनेलाई पूर्व सूचनाको एसएमएस पठाइएको छ ।
हेर्नुस् बाढी, पहिरो र डुबानको विवरण

ba

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७