विश्वभर सवा करोड मानिस संक्रमित, भारतमा एकै दिनमा २८ हजार संक्रमित


२८ असार २०७७, आईतवार
korona india 1

बेइजिङ, २८ असार । कोरोना भाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी एक करोड २६ लाख ७१ हजार ५९२ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी सबैभन्दा धेरै अमेरिकामा ३२ लाख ४२ हजार, दोस्रो धेरै ब्राजिलमा १८ लाख ३९ हजार र तेस्रो धेरै सङ्क्रमित रहेको भारतमा कूल आठ लाख २० हजार जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी रुसमा सात लाख १९ हजार, पेरुमा तीन लाख २२ हजार, चिलिमा तीन लाख १२ हजार, बेलायतमा दुई लाख ९० हजार, मेक्सिकोमा दुई लाख ८९ हजार, दक्षिण अफ्रिकामा दुई लाख ६४ हजार जना र चीनमा ८५ हजार ५१८ जनाभन्दा बढी सङ्क्रमित भएको विश्वविद्यालयले जनाएको छ ।

भारतमा विगत २४ घण्टामा २८ हजार संक्रमित
भारतमा एकै दिनमा अहिलेसम्मकै सबै भन्दा धेरै २८ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ६३७ जना सङ्क्रमित भएका छन् भने ५५१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा एकै दिन एक हजार ७१ को मृत्यु
त्यसैगरी ब्राजिलमा एकै दिनमा ३९ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

कोरोना भाइरसकै कारण ब्राजिलमा पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७१ हजार ४६९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भियतनाममा भेटिएनन् संक्रमित

कोराना भाइरसबाट प्रभावित हुदै आएको भियतनाममा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु थपिएका छैनन् । स्थानीय समय अनुसार शनिबार मध्यान्हसम्म कुनै नयाँ सङ्क्रमित नभेटिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भियतनाममा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ३७० मात्रै रहेको समाचारमा जनाइएको छ । सङ्क्रमितमध्ये २३० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । अधिकारीहरुका अनुसार सङ्क्रमित भएका मध्ये ३५० जना अर्थात् ९४.६ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भइसकेका छन् ।

भियतनाममा कोरोना भाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि नभएको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७