आज काठमाडौंका पाँच र ललितपुरका एक जनामा कोरोना संक्रमण


२८ असार २०७७, आईतवार
korona 1

काठमाडौं, २८ असार । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

काठमाडौंका पाँच जना र ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका पाँच र ललितपुरका एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

नेपालमा आज (आइतबार) कोरोना संक्रमण पुष्टि भएका ८२ जनामध्ये ६ जना काठमाडौं उपत्यकाका हुन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज (आइतबार) थपिएका ८२ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ८, ५८९ पुगेको छ । कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७