फेवाताल सफाइ अभियानमा सक्रिय समूहलाई अष्ट्रेलियाबाट सहयोग


२८ असार २०७७, आईतवार
JBS Chipledhunga 107276638 n

पोखरा, २८ असार । पोखराको फेवाताल सफाइ अभियानमा निरन्तर सक्रिय खहरे आमा समूहलाई प्रवासी पोखरेली अष्ट्रेलिया ग्रुपले रू ५० हजार सहयोग गरेको छ ।

फेवातालमा प्रदूषण बढ्दै वातावरणमा असर पर्ने थालेपछि सफाइ अभियान शुरु गरिएको समूहका अध्यक्ष मैया थापाले जानकारी दिइन् ।

‘हामी पाँच वर्षदेखि निरन्तर यस अभियानमा सक्रिय छौं, आजसम्म १५१ हप्ता पुगिसकेको छ । घामपानी, बादल नभनी कोरोना त्रासको समयमा समेत सामाजिक दूरी कायम गरेर सफाइ अभियानमा क्रियाशील भयौंं, हाम्रो सक्रियतालाई देखेर प्रवासी पोखरेली अष्ट्रेलिया ग्रुपले ५० हजार रकम पठाएको छ । यसले थप ऊर्जा मिलेको छ’, थापाले भनिन् ।

विसं २०७० सालमा स्थापित समूहमा पछिल्लो समय ८० सदस्य छन् । उक्त सफाइ अभियानबाट सङ्कलित फोहोरलाई पोखरा महानगरपालिकाको समन्वयमा ग्रिन पार्कका अध्यक्ष सुजन गुरुङले व्यवस्थापन गर्दै आएका छन् ।

प्रवासी समूह अष्टे«लियाका संयोजक शंकर कोइरालामार्फत सङ्कलित उक्त रकम नेपालका संयोजक धर्मराज पहारी र समूहका सदस्य तेजनारायण पराजुलीले समूहका अध्यक्ष थापालाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७