सरिता गिरीले हालिन् सर्वोच्चमा रिट


२८ असार २०७७, आईतवार
sarita giri final

काठमाडौं, २८ असार । समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च आज (आइतबार) अदालतमा रिट दायर गरेकी छन् ।

गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीलाई विपक्षी बनाएर रिट दायर गरेकी छिन् ।

समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको उनले जिकिर गरेकी छिन् । पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णय अवैधानिक भन्दै उनले रिट दायर गरेकी हुन् ।

समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उनी असार २५ गते बिहीबार निष्कासित भएकी थिइन् । लिम्पियाधुरालगायतका भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटी सरकारले नयाँ नक्सा प्रकाशन गरेपछि उनले त्यसको चर्को विरोध गरेकी थिइन् ।

उनले निशान छापसम्बन्धी संबिधान संशोधन प्रस्ताव खारेज गर्न माग गर्दै संशोधन हालेकी थिइन् भने पार्टीको ह्वीप उल्लंघन गर्दै संविधान संशोधनको मतदान बहिष्कार गरेकी थिइन् ।

समाजवादी दलले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिले उनलाई साधारण सदस्यसहित संसद सदस्यबाट हटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७