भारतीय सञ्चारमाध्यमको आपतिजनक प्रस्तुतीबारे सरकारले भारतलाई पठायो ‘कूटनीतिक नोट’


२८ असार २०७७, आईतवार
pararastra

काठमाडौं, २८ असार । केहि भारतीय सञ्चारमाध्यमको ‘नियोजित र आपतिजनक’ सामग्री प्रशारण–प्रकाशनलाई लिएर सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

नेपालले भारतलाई आज (आइतबार) कूटनीतिक नोट पठाउँदै भारतीय मिडियामा नेपालविरोधी सामग्री प्रकाशन र प्रसारण नहुने सुनिश्चित गर्न माग गरिएको छ ।

भारतीय टेलिभिजन जी न्युजले पछिल्लो पटक प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूतविरुद्ध जथाभावी सामग्री प्रसारण गरेपछि नेपालमा चर्को विरोध हुँदै आएको छ ।

जी न्युजसहित केही भारतीय समाचार च्यानल नेपालमा प्रसारणमा रोक लागिसकेको छ । परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रालयको उत्तर डिभिजनलाई कूटनीतिक नोट पठाएको मन्त्रालय स्रोतले जनाएको छ ।

तर, नोटले गम्भीर कूटनीतिक हैसियत नराख्ने जानकारहरूको भनाइ छ । दिल्लीस्थित नेपाली राजदूतावासले यसमा पहल नगरेका वेला परराष्ट्रले नोट पठाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७