पेट्रोल पम्प खोल्न परेका सबै निवेदन खारेज, अब निगम आफैले पेट्रोल पम्प खोल्ने


२८ असार २०७७, आईतवार
nepal oli nigam

काठमाडौं, २८ असार । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प खोल्नको लागि परेको सबै आवेदन रद्द गरेको छ । निगमले नयाँ पेट्रोल पम्प संचालनको लागि गत बैशाख र भदौमा आवेदन खुला गरेकोमा सबै आवेदन रद्द गरेको हो ।

नयाँ पेट्रोल पम्प संचालन गर्न १०२५ आवेदन परेकोमा निगमको संचालक समितिको बैठकले सबै आवेदन रद्द गरिदिएको हो । अब निगमले थप पेट्रोल पम्प खोल्ने प्रक्रियालाई समय सापेक्ष र ब्यबस्थित बनाउने जनाएको छ । साथै निगमले अब आफ्नै पेट्रोल पम्प संचालन गर्ने समेत जनाएको छ ।

अब पेट्रोल पम्पको आवश्यकताको अध्ययन गरी पम्प खोल्न चाहनेबाट ब्यबसायी योजना समेत लिइने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बताए ।

पाँच वर्षको नाफा

निगमले पाँच वर्षमा ५२ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । निगमले आव २०७२।७३ देखि हालसम्ममा ५२ अर्ब रुपैयाँ नाफा आर्जन गरेको हो । २०७२र७३ मा १९ अर्ब ३६ करोड नाफा गरेको निगमले २०७३र७४ मा ९ अर्ब ४५ करोड, २०७४र७५ मा ३ अर्ब ५८ करोड र आव २०७५र७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाउन सफल भएको थियो । चालु आव २०७६र७७ मा भने निगमले १० अर्ब ८६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७