२०७७ असार २९ गते सोमबारको तपाईको राशिफल


२९ असार २०७७, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज घरायसी काम धन्दाका लागि खट्नु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चोट पटकको भय छ, सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । आफन्त र साथीभाइबाट सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न जिम्मेवारी पूरा गर्नुपर्नेछ । आलस्य उत्पन्न भई दैनिक कार्य ओझेलमा पर्न सक्छ । गरेका काममा ढिलासुस्ती पनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । अवसर आउनाले मन प्रसन्न रहने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रोकिएको काम पुनः गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्य जस्ता कार्यमा सहभागी भइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे फाइदा लिन सकिने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । श्रमको उचित मुल्याङ्कन हुने र व्यापारमा धनलाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक कार्यमा रुची बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने र कमको मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । विशिष्ठ व्यक्तिको साथ पाईने छ । नयाँ काम सुरु गर्ने समय आएको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । रचनात्मक काममा जुट्ने समय छ । सामाजिक काम अघि बढ्ने छ । प्रेम सम्बन्ध कसिलो होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
उन्नति एवं प्रगतिको वातावरण बन्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७