मिर्गाैला दिने भान्जा विदेशमा, प्रत्यारोपण नेपालमा

अवैध मिर्गाैला प्रत्यारोपणमा प्रहरीकै संलग्नता, दुई पक्राउ


२९ असार २०७७, सोमबार
college of medical sciences2020 07 13 03 08 36

काठमाडौं, २९ असार । चितवनको कलेज अफ मेडिकल साइसेन्समा कानुन विपरीत भएको मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता देखिएको छ ।

मिर्गौला प्रत्यारोपणमा मध्यस्थकर्ताको भूमिका खेल्ने असइ भीमप्रसाद खनाल र सइ योगेन्द्रप्रसाद थपलिया पक्राउ परेपछि यो तथ्य सार्वजनिक भएको हो ।

खनाल र थपलिया दुवै जनाले आफ्नो मिर्गाैला प्रत्यारोपण गरेका थिए । उनीहरू अवैध रूपमा मिर्गाैला प्रत्यारोपण गराउने गिरोहमा संलग्न रहेको प्रहरीले जनाएको छ । हाल निलम्बनमा रहेका सइ थपलियाविरुद्ध यसअघि अर्काे पनि मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।

मिर्गाैला लिने व्यक्तिका आफन्त जमुना राजभण्डारी पनि पक्राउ परेकी छिन् । एउटा व्यक्तिको कागजपत्रमा अर्काे व्यक्तिको फोटो टाँस्न सहयोग गरेकोमा जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक राजकुमार केसी र अवकाशप्राप्त खरिदार नवराज केसी पनि पक्राउ परेका छन् ।

मिर्गाैला प्रत्यारोपण गर्ने व्यक्ति भने बिरामी रहेकाले प्रहरीले पक्राउ गरेको छैन । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गर्दा झन्डै ३० लाख खर्च भएको अनुसन्धानमा खुलेको छ । मिर्गौला दिने व्यक्तिलाई १० लाख दिने भनिएको थियो, तर उनले थोरै मात्र पाएका थिए ।

अस्पतालकै मिलेमतोमा यसअघि ललितपुरको निदान अस्पताल र भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अवैध रूपमा मिर्गाैला प्रत्यारोपण गरिएको घटनामा प्रहरीले गिरोहलाई पक्राउ गरिसकेको छ ।

मिर्गाैला दिने भान्जा विदेशमा, प्रत्यारोपण नेपालमा

चितवनको कलेज अफ मेडिकल साइसेन्समा भएको मिर्गौला प्रत्यारोपणमा अस्पतालको प्रत्यक्ष मिलेमतो रहेको प्रहरीले जनाएको छ ।

नाता नै नपर्ने व्यक्तिले मिर्गौला दिन लागेको थाहा हुँदाहुँदै पनि चिकित्सकहरूले प्रत्यारोपण गरेको प्रहरी दाबी छ । मिलेमतोको आशंकामा प्रहरीले अस्पतालका तीन चिकित्सकसहित १२ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ललितपुरका एक ५५ वर्षीय व्यक्तिको गत वर्ष जेठमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । नजिकको नाता पर्ने व्यक्तिले मात्र मिर्गाैला दिन सक्ने कानुनी प्रावधान छ । सोहीअनुसार भान्जाको नाममा कागजपत्र बनाइएको थियो ।

तर, भान्जा भने अस्ट्रेलिया थिए । उनको नाममा नाता प्रमाणितलगायत कागजपत्र अस्पतालमा बुझाइएको थियो । कागजपत्रमा फोटो वास्तविक भान्जाकै थियो । त्यो देखेपछि चिकित्सकले नै मिर्गाैला दिने व्यक्तिकै फोटो प्रमाणित गरेर ल्याउन भनेका थिए ।

सोहीअनुसार ललितपुर महानगरपालिका–३ कार्यालयबाट अर्कै व्यक्तिको फोटो राखेर प्रमाणित गरेर पठाइएको थियो । यो घटनामा वडाध्यक्ष श्रीगोपाल महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रत्यारोपणमा संलग्न चिकित्सकहरू राकेशकुमार बर्मा, डा.सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेतीलाई पक्राउ गरिएको छ ।

नाता प्रमाणसम्बन्धी कागजपत्र र व्यक्तिबारे जाँच गर्नुपर्ने समितिमा रहेका कानुनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकालको पनि त्यसमा मिलेमतो रहेकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७