प्रिमियर लिग : टोटनह्यामसँग आर्सनल पराजित


२९ असार २०७७, सोमबार
113347700 whatsubject

काठमाडौं, २९ असार । इङलिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले आर्सनललाई २–१ ले हराएको छ ।

गए राति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सन हिउङ मिन र टोबी अल्डरवेराल्डले एक–एक गोल गरे ।

पराजित टोली आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले एक गोल फर्काए । जितपछि टोटनह्याम प्रिमियर लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ भने आर्सनल नवौं स्थानमा झरेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीलाई ४–१ ले पाखा लगाउँदै बर्नमाउथले प्रिमियर डिभिजनमा जोगिने संभावना बलियो पारेको छ । गए राति आफ्नै मैदानमा हात पारेको जितपछि बर्नमाउथको ३५ खेलबाट ३१ अंक भएको छ ।

बर्नमाउथ रेलीगेशन क्षेत्रभन्दा माथि १७ औं स्थानमा रहेको वाट्फोर्डभन्दा ३ अंकले पछि रहेको छ । यो सिजन नरिच सिटी रेलिगेशनमा परिसकेको छ भने एस्टन भिल्ला रेलीगेशनको संघारमा छ ।

गए राति भएका अन्य खेलहरुमा वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनलाई ३–० ले हराउँदा एस्टन भिल्लाले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७