पहिराेले २७ घर विस्थापित


२९ असार २०७७, सोमबार
lamjung

लम्जुङ, २९ असार । अविरल वर्षाले मध्य नेपाल नगरपालिका–६ का दुई घर पहिराले बगाएको छ । पहिराले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीयवासी रामचन्द्र पौडेलले बताए ।

त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिराले पुरेको स्थानीयवासी पौडेलको भनाइ छ । एक्साभेटरले पहिरो हटाउने कार्य गरिरहेको छ । सो वडास्थित रानीपानीका १३ घर र लामासोतीका १४ घर गरी २७ घर विस्थापित भएको प्रहरीले जनाएको छ । उनीहरुलाई सोही वडाको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ ।

सो क्षेत्रका विभिन्न घर तथा बस्ती जोखिममा रहेको र विभिन्न स्थानमा बाढीपहिरोले क्षति पुगेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए ।

सो क्षेत्रमा प्रहरी र स्थानीयवासी मिलेर स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको उनको भनाइ छ । सो क्षेत्रका गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७