शिल्पासँग चाँडै विवाह गर्दैछु : निर्माता छवी ओझा


१५ माघ २०७४, सोमबार
shilpa and chhabi

नेपालगञ्ज, १५ माघ : चर्चित फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवाहको कुरा चलेको लामो समय भईसक्यो । उनीहरुको वैवाहिक चर्चा भएको लामो समय बितेपछि शिल्पा–छवी साँच्चै विवाहको मुडमा देखिएका छन् । उनीहरुको चलचित्र ‘मंगलम’ को रिलिजपछि विवाह हुने भएको छ । रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझा शिल्पाको फिल्म क्षेत्र मात्रै नभई जीवनमा समेत नजिकिएका थिए ।shilpa and chhabi

नयाँ फिल्म ‘मंगलम्’ को प्रचार–प्रसारका क्रममा नेपालगञ्ज पुगेका ओझाले फिल्म रिलिजपछि वैवाहिक जीवनमा बाँधिने बताएका छन् ।
शिल्पासँग फिल्म क्षेत्रमा सफलता पाएपछि व्यक्तिगत जीवन समेत सफल हुने निश्चित गरी विवाह गर्ने योजनामा पक्का भएको निर्माता ओझाले सञ्चारकर्मीसँग बताएका छन् । तपाईंहरुको सम्बन्धको गरिने चर्चा औपचारिक रुपमा कहिले जोडिन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्माता ओझाले भने–‘हामी एउटै क्षेत्रमा सँगै काम गरिराखेका छौं, यसमा नाम जोडेर चर्चा हुनु नौलो होइन ।

अहिले फिल्म रिलिजकै तयारीमा व्यस्त छौं, फिल्मको काम सकिएपछि विवाह गर्ने योजनामा छौं ।’ उनले शिल्पा र आफ्नो पारिवारिक रुपमा कुरा पक्का भइसकेकाले छिट्टै वैवाहिक जीवनमा प्रवेश गर्ने बताए । छविले विवाहको कुरा गरिरहँदा शिल्पाले पनि आउँदो बैशाखसम्म विवाहमा बाँधिने सहमति जनाएकी छन् । शिल्पा पोखरेलको मंगलम् फागुन २५ मा देशैभर प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७