थप १४४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो


२९ असार २०७७, सोमबार
korona 5

काठमाडौंं, २९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज थपिएका १४४ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ । हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७