घर किन्दै हुनुहुन्छ, एनआइसिले ल्यायो नयाँ अफर


२९ असार २०७७, सोमबार
1594540725Content Banner Home

काठमाडौं, असार २९ । घर किन्ने सेवाग्राहीहरुका लागि एनआइसी एसिया बैंकले नयाँ अफर ल्याएको छ।

सुपर चमत्कारिक घर कर्जा योजना सार्वजनिक गर्दै सो बैंकले नयाँ अफर ल्याएको हो । यो योजनामा ग्राहकले ८ दशमलव दुई पाँच प्रतिशत ब्याजदरमा कर्जा लिन सक्ने बैंकले जनाएको छ।


बैंकले यो योजनामा ५ वर्षसम्म ब्याज मात्रै तिरे हुने,अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा स्वाप गर्न सकिने,घर जग्गा खरिद तथा निर्माण अघि नै कर्जा स्विकृत गर्न सकिने बताएको छ।

पहिलो पटक घर खरिद र निर्माण गर्दा धितोको बजार मूल्यको ७० प्रतिशत सम्मको कर्जा सुविधा दिइने बैंकले उल्लेख गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७