२०७७ असार ३० गते मंगलबारको तपाईको राशिफल


३० असार २०७७, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । स्वास्थ्य सबल रहने छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 

आज मंगल कार्यको योजना बन्ने छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । कृषि कार्यमा पनि सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

परिवारजनको साथले नयाँ आशा पलाउने छ । आफन्त र मित्रताको बन्धनमा रमाउने समय छ । छोटो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

आजको दिन हाँसखेल खानपिनमा जानेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुची बढ्ने छ । खुशीको खबर सुन्न पाउनु हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सम्मान पनि पाइने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गा जमिनको कारोबारबाट फाइदा हुनेछ । जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वाणी, रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

दाम्पत्य जीवनमा एक किसिमको माधुर्यता छाउने छ । मनमा दुविधा बढे पनि गरेको कार्यमा सफलता मिल्ने छ । शुभ कार्यको चर्चा पनि चल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) 

बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने छ । 

ज्यो.प. नारायणप्रसाद दुलाल

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७