कोरोनाबाट भारतमा एकै दिन २८ हजार संक्रमित, ४४९ जनाको मृत्यु


३० असार २०७७, मंगलवार
korona india 1

नयाँदिल्ली, ३० असार । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वभर तीन हजार ७२७ जनाको ज्यान गएको छ । योसँगै विश्वभर यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ७४ हजार ९७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण सबैभन्दा धेरै ब्राजिलमा ७७० जनाले ज्यान गुमाएका छन् । ब्राजिलपछि भारतमा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४४९ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको

वर्ल्डओमिटरले जनाएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ हजार ७२७ पुगेको छ । ब्रालिमा अहिलेसम्म मृतकको संख्या ७२ हजार ९२१ पुगेको छ ।

सोमबार कोरोनाको कारण अमेरिकामा ४७५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ७४ हजार ९७७ पुगेको छ ।

गएको २४ घण्टामा विश्वभर एक लाख ९५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यसबीचमा सबैभन्दा धेरै अमेरिकामा ६५ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । अमेरिकापछि भारतमा र ब्राजिलमा धेरैमा संक्रमण देखिएको छ ।

गएको २४ घण्टामा भारतमा २८ हजार १७९ जना नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा २१ हजार सात सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७