ला लिगा : रियाल मड्रिड उपाधि नजिक


३० असार २०७७, मंगलवार
rrr

काठमाडौं, ३० असार । स्पेनिस लिग फुटबल ला–लिगामा रियाल मड्रिडले ग्रानडालाई २–१ ले हराएको छ । जितसँगै रियाल मड्रिड ला लिगाको उपाधिभन्दा एक जितको दूरीमा पुगेको छ ।

तालिकामा अब दुई अंक मात्रै थपेको खण्डमा रियाल मड्रिडले कीर्तिमानी ३४ औं पटक ला लिगाको उपाधि जित्ने छ । लिगमा दुई खेल मात्रै बाँकी रहँदा रियालको ८३ अंक छ ।

दोस्रो स्थानको बार्सिलोना रियालभन्दा ४ अंकले पछि छ । गए रातिको खेलमा रियाल मड्रिडलाई विजयी गराउन फर्लाण्ड मेण्डी र करिम बेन्जमाले एक एक गोल गरे ।

ग्रानडाका डार्वीन माचेसले एक गोल फर्काए । ला लिगाअन्तर्गत गए राति भएका अन्य खेलहरुमा रियाल सोसिडाडले भियारियाललाई २–१ ले हराउँदा गेटाफे र डेपोर्टिभो आलाभेजले गोलरहित बराबरी खेलेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७