टेलिफोन खोज्दै डोल्पाबाट काठमाडौं !


२२ आश्विन २०७४, आईतवार
teliphone

काठमाडौं : डोल्पाको से–फोक्सुन्डो गाउँपालिकाका जनप्रतिनिधि गाउँमा टेलिफोन सेवा पुर्याइमाग्न काठमाडौं आइपुगेका छन् । से–फोक्सुन्डो गाउँपालिकाका वडा नं. ६ र ७ का वडाध्यक्षसहित नागरिक समाजका अगुवा टेलिफोन माग्न काठमाडौं आएका हुन् । अाजकाे नागरिक दैनिकमा खबर छ ।

teliphone

चुनावको बेला आफूहरुले घोषणापत्रमा समेटेको गाउँलेको मुख्य समस्या सुल्झ्याउन काठमाडौं आएको से–फोक्सुन्डो गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र रोकायाले बताए ।

उनको गाउँपालिकामा हजार घरधुरी दूरसञ्चार सेवाबाट वञ्ञ्चित छन् । टेलिफोन माग्न यसअघि पनि काठमाडौं आएको उनले सुनाए । तर, उनीहरुको मागको सुनुवाइ अझै हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७