एआईजी बढुवामा अस्वास्थ्य प्रतिस्पर्धा, वरिष्ठता मिच्न फेरि चलखेल


३१ असार २०७७, बुधबार
digp niraj bahadur shahi Digp pradhyumna kumar karki and biswaraj pokharel

काठमाडौैं, ३१ असार । नेपाल प्रहरीको दुई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पद रिक्त भएसँगै बढुवाको तयारी सुरु भएको छ । २४ असारमा १ जना एआईजी अनिवार्य अवकाश र एक जना एआईजी प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएपछि दुई एआईजीको पद खाली भएको छ ।

२४ असारमा आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे प्रहरी सेवा हदका कारण अवकाश पाएपछि आईजीपी शैलेश थापा प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा भएका थिए भने अर्का एआईजी तारणिप्रसाद लम्सालले पनि वा हदका कारण अवकाश पाएका थिए ।

नेपाल प्रहरीमा प्रहरीमा फौज तर्फ ३ जना एआईजी र प्राविधिकतर्फ १ जनाको दरबन्दी छ । फौज तर्फ हाल हरिबहादुर पाल मात्रै छन् । प्राबिधिक तर्फ डा.आशा सिंह आईजीपीकाे जिम्मेवारी सहित प्रहरी अस्पताल प्रमुख छिन् ।

वरिष्ठता मिच्न फेरि चलखेल
रिक्त दुई आईजीपी पदका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्धय निरजबहादुर शाही र प्रद्युम्न कार्की स्वभाविक दाबेदार हुन् । उनीहरु २४ असारमा आईजीपी भएका थापा क्षत्रीकै ब्याजी हुन् । यदि प्रहरीको वरिष्ठता नमिच्ने हो भने उनीहरु स्वत: आईजीपीमा बढुवा हुनेछन् । आईजीपी थापा क्षेत्रसँगै शाही र कार्की १९ वैशाख २०४९ प्रहरीमा भर्ना भएका हुन् । तर, एआईजीमा बढुवाका लागि शाही र कार्की भन्दा जुनियर ब्याजका डीआईजी विश्वराज पोखरेलले पनि तिव्र लबिङ्ग सुरु गरेका छन् ।

डीआईजी पोखरेल २०४९/१२/२९ मा भर्ना भएका हुन् । एसएसपीबाट बढुवा भएको बेला पनि डीआईजी पोखरेलले तत्कालिन आईजीपी सर्वेन्द्र खनाल ब्याचका वैकल्पिक रहेका एसएसपी वीरेन्द्र श्रेष्ठलाई समेत उछिनेर बढुवा भएका थिए ।

खनाल २०४६ माघ २९ गते प्रहरी सेवामा भर्ना भएका थिए । त्यति बेला वैकल्पिक उम्मेदवारका रूपमा श्रेष्ठसहित ठाकुरप्रसाद ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय थिए । विश्वराजभन्दा अघिल्लो व्याच (१÷११) का १७ जना एसएसपीमै थन्किएका छन् ।

१९ वैशाख २०४९ मा भर्ना पछि ६० जनाको पदस्थापन हुँदा कार्कीले पाँचौँ र शाही ९ औं नम्बरमा थिए । पोखरेलले २०४९ चैत २९ गते नियुक्ती लिदा उनको ब्याजमा ५ औं नम्बरमा थिए । वरिष्ठतालाई आधार मान्ने र प्रहरीभित्रको नियमित प्रणालीमा हस्तक्षेप नगर्ने हो भने कार्की र शाही एआईजीका लागि निर्विकल्प विकल्प हुन् ।

इतिहास दोहोरिने खतरा
डीआईजी पोखरेल भन्दा सिनियर गणेश ऐर, घनश्याम अर्याल, पुरुषोत्तम कँडेलहरु एसएसपी नै छन् । तर, पोखरेल भने एआईजीको लबिङ्गमा छन् । यदि पोखरेल एआईजीमा बढुवा भए हालका डीआईजी कार्की र शाही मध्ये एकजना पछि पर्नेछन् ।

उनीहरु मध्ये एकजनाले आफूभन्दा जुनियरलाई सलाम ठोक्नुपर्नेछ । त्यसो गर्दा कार्की र शाहीको लागि तीन विकल्प हुनेछन्, एक आफूभन्दा जुनियरलाई सलाम ठोक्दै अपमानित भएर बस्ने, दुई राजिनामा दिएर घर जाने, तेश्रो अदालतको ढोकासम्म पुग्ने । त्यो अवस्थामा अदालतले केही न केही आदेश दिनेछ । सरकार अप्ठ्यारोमा पर्न सक्छ ।

यदि अदालतसम्म पुग्ने अवस्था आए प्रहरीमा फेरि इतिहास दोहोरिनेछ । शेरबहादुर देउवा नेतृत्वको सरकारले जयबहादुर चन्दलाई वरियता मिचेर आइजिपीमा बढुवा गरेको थियो । त्यसपछि अन्याय भयो भन्दै प्रतिस्पर्धी नवराज सिलवालले सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगे । मुद्दा दायर गरे ।

त्यसपछि सरकारले तेस्रो वरीयताका प्रकाश अर्याललाई प्रमुख बनायो । सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दिए । अदालतले खारेज गरीदियो । यसपछि सिलवाल राजिनामा दिएर राजनीतिमा आए । उनी अहिले सत्तारुढ नेकपाका सांसद छन् । यसपाली पनि वरिष्ठता मिचिए कार्की र शाहीले सिलवालको बाटो रोज्ने निश्चित छ ।

शैलेसको अग्नीपरिक्षा

IGP Shailesh thapa kshetri Nepal police
थापा क्षेत्री प्रहरीको २८ औं आइजिपी बन्दै गर्दा उनको मात्रै होइन प्रहरी संगठनकै सकरात्मक सन्देश प्रवाह भएको छ । सबैले लेखेका छन्, ‘इमानदार नेतृत्व प्रहरीको सर्वोच्च पदमा ।’ सँगै सकरात्मक आशा पनि पलाएको छ, ‘इमानको साथ काम गर्दा पनि सर्वोच्च पदमा पुग्न सकिन्छ ।’

सायद, उनको सफलता इमानको साथमा काम गर्नेहरुका लागि उत्प्रेरणाको बिषय बनेको छ ।
आइजिपी थापा क्षेत्रीको इमानको पहिलो अग्नीपरिक्षा यहीबाट सुरु हुने देखिन्छ । थापा क्षेत्रीले आफ्ना ब्याजी कार्की र शाहीलाई न्याय दिलाउन लाग्छन् वा रुवाएर घर फिर्ता पठाउँछन् ?

मुलत थापा क्षेत्रीको प्रमुख बन्ने आधार पनि वरिष्ठता र इमान नै हो । उनका दुई सहकर्मी कार्की र शाही पनि इमानदार प्रहरी अधिकृत मानिन्छन् । आईजीपी थापा क्षेत्री जुन मापदण्ड र प्रक्रियाबाट प्रमुख बने त्यसलाई उनले के गर्छन् ? सबैले हेरेका छन् ।

सहकुलहरुको पनि दाबी
जुनियर ब्याजबाट डीआईजी पोखरेलले दाबी गरेपछि डीआईजी सहकुल थापाहरुको समूहले पनि दाबी बढाएको छ । तल्लो ब्याजबाट बन्ने भए आफूहरु पनि स्वभाविक दाबेदार भएको थापा समूहको बुझाई छ ।

सकभर प्रहरीभित्रको प्रणाली कायम राख्नु पर्ने नभए कामको आधारमा भए आफूहरु पनि स्वभाविक दाबेदार भएको उनीहरुको दाबी छ । सिआइबीको नेतृत्व गरीरहेका डीआईजी थापाले पछिल्लो समयमा उत्कृष्ट काम गरेका छन् । यदि यसपाली जुनियर डिआईजीलाई बढुवा गरिए प्रहरीमा त्यसको दुरगामी नकारात्मक असर पर्ने प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीमा काम र वरिष्ठता भन्दा पनि नेताको घरदैलो गरेर बढुवा हुने संस्कारको बाटो खुल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७