सूर्य नेपालद्वारा कोभिड कोषमा एक करोड हस्तान्तरण


३१ असार २०७७, बुधबार
Surya Nepal

बुटवल, ३१ असार । सूर्य नेपाल प्रालिले प्रदेश नं ५ कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेललाई प्रालिका उपाध्यक्ष रवि केसीले आज उक्त रकमको चेक हस्तान्तरण गरे ।

सो अवसरमा मुुख्यमन्त्री पोखरेलले सूर्य नेपाललाई आफ्नो लगानी प्रदेश नं ५ मा पनि ल्याउन आग्रह गरे । उपाध्यक्ष केसीले आफूहरुले प्रदान गरेको रकम विशेष गरी अस्पतालका भेन्टिलेटर र सघन उपचार कक्षका लागि प्रयोग गर्न आग्रह गरे ।

पछिल्ला केहि वर्षयता सुर्य नेपालले सरकारलाई सबैभन्दा धेरै कर बुझाएर पुरस्कृत हुंदै आएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना नियन्त्रण तथा उपचारका लागि सरकारलाई सहयोग उपलब्ध गराएको उनले बताए ।

मुख्यमन्त्री पोखरेलले कोरोना कोषमा भएको रकम खर्च गर्ने छुट्टै कार्यविधि र संयन्त्र रहेको र कोरोना संक्रमण निर्मूल नहुन्जेलसम्म कोषमा भएको रकम अन्यत्र खर्च नहुने बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ मात्र नभई ५२ वटा जिल्लाका नागरिकहरु भारतबाट यहि प्रदेशका नाका प्रयोग गरि भित्रीदा एकैपटक धेरै संक्रमीत फेला परेको भएपनी अहिलेभने अवस्था नियन्त्रण तर्फ गएको बताए ।

पोखरेलले प्रदेशमा करिब ४ हजार संक्रमित फेला परेकोमा अहिले भने ८० प्रतिशत भन्दा धेरै व्यक्ति निको भएर घर फर्किएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७