सरकारले देशभरबाट छान्यो १०० वटा नमूना विद्यालय (सूचीसहित)


१ श्रावण २०७७, बिहीबार
rolpaa school

काठमाडौं, १ साउन । सरकारले देशभरबाट १०० वटा नमूना विद्यालय छानेको छ । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार ती १०० विद्यालयलाई नमूना विकासका लागि छानेको हो ।

विगतमा नमूना विकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तह अन्तर्गत १०० वटा विद्यालय छनोट गरिएको सो केन्द्रले जानकारी दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।

‘विद्यालय क्षेत्र विकास योजना अनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य रहेको’ केन्द्रले जनाएको छ ।

विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको यस परियोजनाको उद्देश्य आधारभूत तथा माध्यमिक तहमा सिकाईको नतिजामा सुधार गर्ने, माध्यमिक तहको परीक्षा प्रणालीलाई सुधार्ने, लैंगिक, सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले स्कुलमा सहभागिता बढाउने, माध्यमिक तहसम्मको पढाई पुरा गर्ने वातावरण बनाउने, शिक्षकको समयतालिका र विद्यालय प्रशासनमा सुधार गर्ने लगायत छन् ।
हेर्नुस् सूची

1 1
2 1
3
4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७