नबिलले ल्यायो ३६औं वार्षिकोत्सवमा नयाँ तथा अरु बैंकका ऋणीहरुलाई लक्षित अफर


१ श्रावण २०७७, बिहीबार
36 Years with together ahead 200x140px 01 fDvNS6ay3Z

काठमाडौं, १ साउन । वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहकहरुको आवश्यकतालाई सहज पार्ने उद्देश्यले “३६औं वार्षिकोत्सव योजना” ल्याएको छ ।

उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ ।
जस अन्तर्गत


घर कर्जामास् ७.९%
धितो कर्जामास् ८.४%
व्यक्तिगत ओभरड्राफ्टमास् ८.४%
साना तथा मझौला कर्जामास् ७.९%

सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७